विजय थापा
भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यको तल्लो सदन हाउस अफ डेलिगेट (प्रतिनिधि सभा) को चुनाब हुन् करिब दुई महिना जति बाँकी रहेको अवस्थामा वाशिंगटन डिसी महानगर क्षेत्र वरीपरि बसोबास गर्ने नेपाली समुदायसंग उम्मेदवारहरुले भेटघाट तथा अन्तरक्रिया गर्ने काम तिब्र पारेका छन् । वाशिंगटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि हुन् थाले पछि उम्मेदवारहरुले नेपाली-अमेरिका समुदायसंग घर दैलो अभियानको सुरुवात व्यापक पार्न थालेका छन ।
यहि आउँदो नोवेम्बर ५ तारिखमा भर्जिनियामा हुन् गै रहेको तल्लो सदन (हाउस अफ डेलिगेट )को निर्वाचनमा भर्जिनिया क्षेत्र ८७ का डेमोक्रेटिक (प्रजातान्त्रिक) दलका उम्मेदवार ‘जन बेल’ले नेपाली समुदाय द्वारा आयोजना गरिएको एक भेटघाट कार्यक्रममा नेपाली समुदायको समर्थन अपरिहार्य हुने हुनाले नेपाली समुदायको सहयोग भएमा आफुले यहाहरुको आवाज व्हाइट हाउस सम्म पुर्याई दिने मन्तब्य राख्नु भएको छ ।
वहाले अगाडी भन्नु भयो,’ मेरो प्राथमिकता भनेको शिक्षा ,रोजगारी ,यातायात ,महिलाको स्वास्थ्य तथा बन्दुक सुरक्षा सम्बन्धि रहेको भन्दै वहाका प्रतिद्वन्दी रिपब्लिकन दलका डेविड रमादानले बिगत दुई बर्षमा यी मुद्दाहरुमा विपक्षमा मत खसालेको भन्दै तिखो बाण प्रहार गरेका थिए ।’ कार्यक्रममा व्हाइट हाउसका भारतीय मूलका प्रथम प्रमुख प्राबिधिक अधिकृत अनिस चोपराले ‘जन बेल’ एक होनहार उम्मेदवार हुन् र वहालाई बिजयी बनाउनु पर्छ भन्दै घर दैलो कार्यक्रममा जान आग्रह गरेका थिए ।
कार्यक्रमको संयोजन भर्जिनियाको लाउडन काउन्टी प्रजातान्त्रिक समितिका निर्वाचित नेपाली मुलका कोषाध्यक्ष हरि शर्माले गर्नु भएको थियो भने उक्त कार्यक्रममा जन बेललाई खादा ओढाई शुभकामना दिईएको थियो । राइट-वे व्यवस्थापनको तर्फबाट निर्वाचनको लागि आर्थिक सहयोग पनि गरिएको थियो । भर्जिनिया तल्लो सदनमा एक दशकदेखि रिपब्लिकन दलको बाहुल्यता रहेको प्रतिनिधि सभामा डेमोक्राटिक दलका उम्मेदवारहरुले निक्कै मेहनत तथा नया कार्यक्रम लिएर प्रस्तुत भएमा बहुमत हुन् सक्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया 4