+
+
Shares

भारतबाट यहाँ फोन गर्दा सहुलियत

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १३:०७

२४ भदौ, काठमाडौं । भारतीय दूरसञ्चार कम्पनी भारती एयरटेलले दिल्ली क्षेत्रको एयरटेल कम्पनीको नेटवर्कमार्फत नेपाल टेलिकमको नेटवर्कमा फोन गर्दा सहुलियत दरमा टेलिफोन सेवा उपलब्ध गराउने भएको छ ।

Bharti-Airtel-03

नयाँदिल्लीमा आयोजित कार्यक्रममा दुई कम्पनीबाट संयुक्त रूपमा सो प्रवर्द्धनात्मक योजना सञ्चालनको शुभारम्भ गरिएको हो । उक्त योजनाअनुसार भारु ५४ भुक्तानी गरी नेपाल टेलिकमको नेटवर्कमा १० मिनेटसम्म फोन गर्न सकिने व्यवस्था छ । यसअघि भारतबाट फोन गर्दा औसतमा प्रतिमिनेट १० भारु लाग्दै आएको थियो ।

उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले मुलुक बाहिर रहेका ठूलो सङ्ख्याका नेपालीले आफ्नो परिवारजन तथा इष्टमित्रसँग सहज तथा सस्तो दरमा टेलिफोन सेवा उपयोग गर्न पाऊन् भन्ने उद्देश्यअनुरूप सो प्रवर्द्धनात्मक सेवा सुरुआत गरिएको बताउनुभयो ।

हाल सो सुविधा भारती एयरटेलमार्फत नयाँदिल्लीबाट नेपाल टेलिकमको नेटवर्कमा फोन गर्दा उपलब्ध हुने तथा भविष्यमा एयरटेलले भारतका अन्य सहरबाट समेत सो सहुलियत दरको सेवा उपलब्ध गराउन सक्नेछ ।

हाल नेपाल टेलिकममार्फत एक्सेस कोड १४२४ प्रयोग गरी भारतमा फोन गर्दा करबाहेक प्रतिमिनेट २.९० रुपैयाँ लाग्दै आएको छ भने बजेट कल -१४२५/१४४५ मार्फत) प्रयोग गरी भारतमा फोन गर्दा करबाहेक ६ रुपैयाँ प्रतिमिनेट लाग्ने गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?