Comments Add Comment

सोनीले भित्रायो विश्वकै पातलो स्मार्टफोन

जापानीज मोबाइल निर्माता कम्पनी सोनीको विश्वकै पातलो मोबाइल एक्सपेरिया जेड अल्ट्रा नेपाली बजारमा भित्रिएको छ । वाटर प्रुफ, ठूलो स्क्रिन, हल्का डिजाइन लगाएतका विशेषताहरु भएको एक्सपेरिया जेड अल्ट्राको नेपाली बजारमा ८५ हजार रुपैयाँ पर्ने बताइएको छ ।

स्मार्टफोन पारखीहरुलाई लक्षित गरि बजारमा ल्याइएको एक्सपेरिया जेड अल्ट्रामा ६.४ इञ्चको फुल हाई डिफिनेशन स्क्रिन रहेको छ । मोबाइलमा फुल एच डि टि्रलुमिनस डिस्प्ले र एक्स रियालिटी प्रयोग गरिएको हुँदा पिक्चर क्वालिटी र कलर डिटेल्स उच्च गुणस्तरको देखिने दाबि गरिएको छ । यसले प्राकृतिक रङहरुलाई क्यामेरामा कैद गर्न सक्ने दाबि गरिएको छ ।

Sony-Xperia-Z-Ultra-product

पछिल्लो समय सामसुङ र एप्पलका स्मार्टफोनले नेपाली बजार ओगट्न थालेपछि सोनीले प्रतिस्पर्धामा उत्रिने एक्सपेरिया सिरिजका मोबाइलहरु नेपाली बजारमा भित्राएको थियो ।

एक्सपेरिया जेड अल्ट्रा वाटर र डष्ट प्रुफ मोबाइल हो । यसमा २.२ गिगाहर्जको क्वार्ड कोर प्रोशसर, ४.८ जेलिविन एन्ड्रोइड अपरेटिङ सिष्टम, २ जीबी र्‍याम, अगाडी ८ मेगापिक्सेल र पछाडी २ मेगापिक्सेल क्यामेर लगायतका सुविधाहरु रहेको सोनीको नेपालका लागि आधिकारिक बिक्रेता नेपा हिमा ट्रेड लिंकले जानकारी दिएको छ ।

मोबाइलमा ३००० एएमएच क्षमताको ब्याटि्र प्रयोग गरिएको छ । साथै, ठूलो स्क्रिनमा चाँडै ब्याट्री सकिने समस्यालाई ध्यानमा राखेर कम्पनीले मोबाइल खरिद गर्दा एक्स्ट्रा ब्याट्री उपलब्ध गराउने जनाएको छ । जस्ले गर्दा मोबाइलमा लामो समयसम्म गेम खेल्न, भिडियो हेर्न, फोटो हेर्न सकिनेछ ।

एक्सपेरिया जेड अल्ट्रा नोट बुकको रुपमा समेत प्रयोग गर्न सकिने कम्पनीले दाबि गरेको छ । २१२ ग्राम तौलमा उपलब्ध यस मोबाइलको अगाडी पछाडीको भाग शीशाले बनेको छ । यसमा मोबाइल सम्बन्धी पछिल्ला विकसित सबै प्रविधिहरु प्रयोग गरिएको बताइएको छ ।

xperia-z-ultra-vs-xperia-z

sony-xperia-z-ultra-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment