Comments Add Comment

‘आयोग गठन गरेर सुधिर बस्नेतबाट न्याय दिलाउ’

२४ भदौ, काठमाडौं । घरजग्गा व्यवसायी सुधिर बस्नेतबाट ठगिएका पीडितहरुले छिटो भन्दा छिटो आफुहरुलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन् । उनीहरुले उच्चस्तरीय सरकारी आयोगको गठन गरी घटनाको यथार्थ छानविन गरेर पीडितलाई न्याय दिलाउन माग गरेका हुन् ।

सुधिर बस्नेतले निर्माण गर्न लागेको अपार्टमेन्टका फल्याटमा लगानी गर्न पीडितहरुले बस्नेतद्धारा सञ्चालित ओरेण्टियले को अपरेटिभमा पैसा जम्मा गरेका थिए । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपालकै इतिहासमा सबै भन्दा ठूलो आर्थिक घोटाला भएको गुनासो गरेका छन् । अपार्टमेन्टमा ८ हजार सर्वसाधारणको ७ अर्ब भन्दा बढी रुपैयाँ फसेको बताइएको छ । पीडितहरुले उक्त पैसाको सुरक्षा गर्ने दायित्व राज्यको भएको भन्दै आयोग गठन गरेर तत्काल समस्या समधान गर्न माग गरेका छन् ।

अर्थमन्त्रालय, गृह मन्त्रालय, कानून मन्त्रालय, सहकारी मन्त्रालय, स्थानीय विकास मन्त्रालय, नेपाल राष्ट्र बैंकका उच्च प्रतिनिधि र पीडित सहितको उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पीडितहरुको माग छ । उनीहरुले पूर्व सचिव घनानाथ ओझा संयोजक रहेको चार सदस्यीय उच्चस्तरीय केन्द्रीय सल्लाहकार समिति र प्रकाश राज श्रेष्ठ अध्यक्ष रहेको १२ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिसकेका छन् ।

पत्रकार सम्मेलनमा सल्लाहकार अधिवक्ता देबेन्द्र राज शर्माले सुधिर बस्नेत घोटाला काण्डका पीडित भएका सर्वसाधारणलाई न्याय दिलाउन नयाँ कानून निर्माण तथा छानविन लगायतका काम गर्नुपर्ने भएकाले सरकारी स्तरबाटै उच्चस्तरीय आयोग गठनको आवश्यकता भएको बताउनुभयो । उहाँले घोटालाको छानविनका लागि तत्काल बस्नेतको नाममा रहेको सम्पतिको स्वामित्व परिवर्तनमा रोक लगाउनु पर्ने, बस्नेतलाई काठमाडौं बाहिर जानबाट रोक लगाउनुपर्ने बताउनुभयो । जनताको अर्बौं रुपैयाँ खाएको व्यक्ति खुलम खुल्ला चुनौति दिँदै हिडेको बताउँदै उहाँले समस्या समधानमा सरकारलाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत शिवभक्त शर्माले नेपालको इतिहासकै सबैभन्दा ठूलो ठगि काण्ड भएको हुँदा यसले मुलुकको आर्थिक अवस्थामा गम्भिर असर पार्ने बताउनुभयो । प्रकाशराज श्रेष्ठले बस्नेतले बनाई रहेका अपार्टमेन्टहरु बिक्री गरेर भएपनि आफूहरुको लगानी फिर्ता गराउनुपर्ने माग गर्नुभयो । यसका लागि बैंक, सरकार र अदालतलाई सहयोगका लागि आग्रह गर्नुभयो ।

त्यसैगरी, दिवाकर रिमालले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टारको कार्यालय, आवास निर्माण विकास कम्पनी र बैंकहरुले पीडितहरुको विपक्षमा ढग सुधिर शर्मालाई सघाईरहेको आरोप लगाए । निरज श्रेष्ठले सरकारले यूनिटी, हर्बो कम्पनीलाई कारबाही गर्न देखाएको चासोजस्तै यो ढगी काण्डमा पनि देखाउनुपर्ने बताउँदै बस्नेतलाई अहिलेसम्म कारवाही प्रकृया अगाडाी नबढाएकोप्रति आपत्ति प्रकट गर्नुभयो ।

बस्नेतले ओरियण्टल को अपरेटिभ, ओरियण्टल विल्डर्स एण्ड डेभलपर्स प्राली, कोहीनुर हिल हाउजिङ प्राली, आयुषा डेभलपर्स प्राली, कौशलटार, धुमबाराही, चक्रपथ हाईट लगायतका ओरियण्टल गु्रपसँग सम्बन्धीत कम्पनी र सहकारीको नामबाट ठगि गरिएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment