२४ भदौ, काठमाडौं । अहेव पदमा जागिर लगाइदिन्छु भनी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीका सहायक वन अधिकृत मुकुन्द मररविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लोक सेवा आयोग राप्ती अञ्चल कार्यालयले ६६ सालमा निकालेको विज्ञापनमा मररले जागिर लगाइदिन्छु भन्दै देवराज गिरीमार्फत निमबहादुर भण्डारी समेतका १२ जनासँग घूस लिएका थिए । भ्रष्टाचार
निवारण ऐनको दफा ३ (१) बमोजिम बिगो ३४ लाख ५५ हजार मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4