२४ भदौ, काठमाडौं । युवा संघ नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा राजश्व अनुसन्धान विभागले छापा मारेकोमा विरोध गरेको छ ।
युवा संघ अध्यक्ष महेश बस्नेतले विज्ञप्ति जारी गरि पूर्व जानकारी विना छापामार शैलीमा छापामारिएको र त्यो राज्यद्वारा गरिएको आक्रमण भनिएको छ । युवा संघ नेपालले थापामाथिको कानुनी कारवाही रोक्न र कार्यालयबाट लगिएको सम्पूर्ण सामाग्री फिर्ता गन माग गरेको छ ।
प्रतिशोध स्वरुप थापाको र्फममा छापा मारिएको भन्दै युवा संघले भनेको छ-‘यस प्रकारको राज्य आतंक कायम राखिएकमा नेपाल र नेपाली जनताको पहरेदार युवा संघ नेपाल गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी दिन चाहन्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4