Comments Add Comment

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

निमुसंगम घर्ती

२५ भदौं, दाङ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दाङ अन्तरगत भालुबाङबाट लमहीतर्फ जाँदै गरेको रा १ प ४३८७ नम्बरको मोटरसाईकल गएराति सिसहनिया ४ पिपरीमा दुर्घटना हुदा मोटरसाईकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा घोराही नगरपालीका वडानं. ६ रझेना निवासी २५ वर्षीय सोनु अहमद र २१ वर्षीय प्रवेश अहमद रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका सोनुको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा र प्रवेशको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ । मदिरा सेवन गरेका अहमदले अत्यधिक तिब्र गतिमा रहेको मोटरसाईकल चलाएका कारण अनियन्त्रीत भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment