बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा गाडी तथा बाइकहरुको कुम्भ मेला शुरु भएको छ । विश्वभर ख्याती कमाएका गाडी कम्पनीहरुले मेलामा सक्रिय सहभागीता जनाएका छन् । नेपाल अटोमोबाइल डिलर्स एसोसियसनले आयोजना गर्न लागेको ‘नाडा अटो शो’ ३० गतेसम्म सञ्चालन हुनेछ ।
विगतका वर्षहरुदेखि नै अटो शोमा गाडी कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा हुँदै आएको पाइन्छ । कम्पनीहरुले अटो शोको अवसर पारी नयाँ र आकर्षक मोडलका गाडी तथा बाइकहरु सार्वजनिक समेत गरेका छन ।
हुण्डाई सान्टा फे
नेपाली उपभोक्तामाझ राम्रो प्रभाव जमाउन सफल भएको कोरियन गाडी निर्माता कम्पनी हुण्डाइले मेलामा ‘सान्टा फे’ नयाँ भर्सन सार्वजनिक गरेको छ । एसयुभी सेगमेन्टको यो गाडीको मूल्य पनि मेलामै सार्वजनिक गर्ने हुण्डाइको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।
२१९९ सीसी क्षमताको डिजेल इन्जियूक्त यस गाडीले अटो शोमा उपभोक्ताको मन जित्न सफल हुने बताएको छ । अटो शोमा हुण्डाइको आईटेन, आईट्वान्टी, टक्सन लगाएतका गाडीहरु राखिने भएको छ ।
टाटा स्ट्रोम, मान्जा र भिष्टा डि९०
भारतीय गाडी निर्माता कम्पनी टाटले नाडा अटो शोमा स्ट्रोम, माञ्जा र भिष्टा डि९० मोडलका गाडी सार्वजनिक गरेको जनाएको छ । कम्पनीले मोडिफाइड भर्सनमा गाडी नेपाल भित्राउन लागेको हो ।
एसयुभी सेगमेन्टमा उपलब्ध हुने स्ट्रोम मेलामा ३८ लाख ८५ हजार रुपैयाँमा खरिद गर्न सकिने भएको छ । यसमा २२०० सीसीको डिजेल इञ्जिन रहेको छ । त्यस्तै, सेडान सेगमेन्टको माञ्जा कार पेट्रोल र डिजेल इञ्जिनमा उपलब्ध हुने टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङ प्रालिले जनाएको छ ।
कम्पनीका अनुसार पेट्रोल इञ्जिन भएको सेमी अप्सनको माञ्जाको मूल्य २५ लाख ७५ हजार रुपैयाँ र फुल अप्सनको माञ्जाको मूल्य २८ लाख ९५ हजार रुपैयाँ पर्ने छ । त्यस्तै, डिजेल इञ्जिनमा सेमी अप्सन भएको माञ्जाको २९ लाख ९५ हजार रुपैयाँ र फुल अप्सन माञ्जाको ३३ लाख २५ हजार पर्ने बताइएको छ । माञ्जा पेट्रोल कारमा १४०० सीसी र डिजेल कारमा १२४८ सीसी इञ्जिन क्षमता रहेको छ । भिष्टा डि९० एउटामात्र भेरियन्टमा १२४८ सीसी डिजेल इञ्जिनमा उपलब्ध हुने बताइएको छ । यसको नेपाली बजारमा २७ लाख ९५ हजार रुपैयाँ पर्ने छ ।
तीनै मोडलका गाडीहरुमा अत्याधुनिक सुविधाहरु रहेको कम्पनीले दाबी गरेको छ । गाडीहरुमा स्क्रीन टच म्यूजिक सिष्टम, एयर ब्याग, कन्ट्रयास्ट रुफ्स, अटोमेटिक कलाइमेट कन्ट्रोल, ड्राइभरको हाइट एडजष्ट गर्न मिल्ने, ठूलो स्पेस लगाएतका सुविधाहरु रहेका छन् ।
भक्सवागन पोलो जिटी-टिएसआई
भक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पुजा इन्टरनेशनलले अटो शोमा पोलोको नयाँ भर्सन सार्वजनिक गरेको छ । हृयाचव्याक सेगमेन्टमा उपलब्ध हुने पोलो जिटी-टिएसआईमा १२०० सीसी क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ । यसले प्रतिलिटर १४ किलोमिटर माइलेज दिने कम्पनीले दाबि गरेको छ ।
नेपाली बजारमा यसको मूल्य ३७ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । ३ रङमा उपलब्ध हुने यो कारले नेपाली उपभोक्ताको मन जित्न सफल हुने कम्पनीका मार्केटिङ म्यानेजर सरिक बोगटीले विश्वास व्यक्त गर्नुभयो ।
केटिएम डुके ३९०
केटिएम डुके बाइकको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेशनले नाडा अटो शोमा नयाँ मोडल भित्राएको छ । कम्पनीले अटो शोमा ‘केटिएम डुके ३९०’ मोडल सार्वजनिक गर्ने बताएको छ । यो मोडलमा ३७३.२ सीसी सिङ्गल सिलिण्डर, फोर स्ट्रोइक इञ्जिन जडान गरिएको छ । जुन कारण बाइकले धेरै भन्दा धेरै पावर दिन सक्ने कम्पनीको दाबि छ ।
होण्डा सीबी टि्रगर, एक्टिभा-आई
जापानिज बाइक निर्माता कम्पनी होण्डाले अटो शोमा नयाँ बाइक सार्वजनिक गरेको जनाएको छ । कम्पनीले ‘होण्डा सीबी टि्रगर’, ‘होण्डा एक्टिभा-आई’ र ‘सिबिआर २५० आर’ सार्वजनिक गरी बिक्रीवितरण गर्ने भएको हो ।
सिबिआर २५० आर लिमिटेड कलरमा नेपाल भित्रिएको होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकर टे्रडिङ लिमिटेडले जनाएको छ । होण्डा सीबी टि्रगर १५० सीसी एयर कुल होण्डा इन्जिन जडित हो ।
त्यस्तै होण्डाले मेलामा सार्वजनिक गर्न लागेको एक्टिभा आई १०९.२ सीसी क्षमताको फोरस्ट्रोक एसआई इन्जिन जडित हो । नेपालमा स्कुटी सेगमेन्टमा होण्डा एक नम्बर रहेको छ ।
महिन्द्रा इटुओ
नाडा अटो शोमा महिन्द्रा फोर हृविलर्सले इलेक्टि्रक कार इटोओ प्रर्दशनीमा राखेको छ । महिन्द्राले इटुओ कार करिव दुई महिना अगाडी नेपाली बजारमा भित्राएको थियो । आकर्षक डिजाइनमा रहेको इटुओ नेपाली उपभोक्तामाझ लोकपि्रय बन्दै गएको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनर्जीले बताएको छ ।
कम्पनीले इटुओसँगै महिन्द्रा जीप, एसयुभी गाडीहरु, क्वान्टो लगायतका गाडीहरु अटो शोमा राखेको जानकारी दिएको छ ।
प्रतिक्रिया 4