२५ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच भेटवार्ता भएको छ ।
नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा संविधानसभाको निर्वाचन, समसामयिक राजनीति र दुई देश बीचका आपसी हितका विषयमा कुराकानी भएको थियो ।
भेटमा नेता नेपालले आगामी मङ्सिर ४ मा हुने संविधानसभाको निर्वाचनको तयारीका लागि सरकार, राजनीतिक दल र सम्बद्ध पक्ष क्रियाशील भएकाले निर्वाचन हुनेमा आशङ्का गर्न नहुने बताउनुभयो । नेता नेपालका निजी सहयोगी मोहन गौतमका अनुसार उहाँहरुबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4