+
+
Shares

नेप्से सूचक ५.१७ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १६:०२

२५ भदौ, काठमाडौं । पुँजी बजार सूचक नेप्से परिसूचक आज ५.१७ अंकले घटेर ५४७.१७ अंकमा झरेको छ । वाणिज्य बैंकको समूह सूचक ६.५६ अंक घटेर ५२८.६५ अंक कायम भएको छ ।

nepse

१ सय १५ कम्पनीको २ जहार ७ सय ८७ पटक कारोबार हुँदा ५ लाख ५८ हजार कित्ता खरिद बिक्री भएका छन् । कारोबार रकम १८ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

एभरेष्ट बैंकको सेयर मूल्य लगातार तेस्रो दिन घटेर १६१० रुपैयाँमा कारोबार बन्द भएको छ । आज एभरेष्टको मूल्य ६९ रुपैयाँ घटेको थियो । एभरेष्टले सेयरधनी लाभ नबिलको तुलनामा कम हुने गरी लाभांश प्रस्ताव गरेपछि मूल्य घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?