Comments Add Comment

काठमाडौंमा पाकिस्तानी व्यापार मेला

२५ भदौ, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड टे्रड सेन्टरमा बुधबारदेखि पाकिस्तानी व्यापार मेला आयोजना हुने भएको छ । रावलपिन्डी उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नेपालका लागि पाकिस्तानी राजदूत सउदअर्सद खोसाले पाकिस्तान र नेपालबीच दुई पक्षिय व्यापार विस्तार गर्न मेला आयोजना गर्न लागिएको बताउनुभयो । नेपाल-पाकिस्ताबीच सरकारी स्तरमा मात्र नभएर जनस्तरमा पनि अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउँदै उहाँले यस्ता मेलाबाट जनता-जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउन पनि सहयोग पुर्‍याउने उहाँले बताउनुभयो । नेपाली गलैचा, चिया र पश्मिनाको माग आˆनो मुलुकमा ज्यादै धेरै रहेको बताउँदै उहाँले मेलामा आएका पाकिस्तानी व्यापारीमार्फत नेपाली उद्यमी-व्यवसायीले आˆना उत्पादन पाकिस्तानी बजारमा पुर्‍याउन आवश्यक प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत खुर्सिद वर्लासले मेलाले दुवै देशको व्यापार विस्तारमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । ५० वटा स्टल रहने मेलामा मेलामा पाकिस्तानी छालाका उत्पादन, लत्ता कपडा, शृङ्गार प्रशाधन, फर्निचर, घर सजावटका सामग्री खरिदबिक्री हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment