+
+
Shares

डलरको मूल्य १०३ रुपैयाँबाट ओर्लियो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २६ गते १२:३३

२६ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार घटेर १०३ रुपैयाँभन्दा तल झरेको छ । १०९ रुपैयाँ नाघेको डलर गत आइतबारदेखि घट्दै आएको छ ।

Doller-Photo

आज नेपालमा वाणिज्य बैंकहरुले डलरको बिक्री मूल्य १०३ रुपैयाँभन्दा कम निर्धारण गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले डलरको बिक्री मूल्य १०२.७० र खरिद मूल्य १०१.५९ तय गरेको छ भने नबिल बैंकले पनि त्यत्ति नै मूल्य सार्वजनिक गरेको छ ।

भारतको अर्थतन्त्रमा अपेक्षित वृद्धि हुन नसकेपछि ८७ रुपैयाँ रहेको डलरको मूल्य बढ्दै गएको थियो । नेपाल र भारतबीच विनिमय दर स्थिर रहेको कारण भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?