२७ भदौ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेर ५८ हजार रुपैयाँ तल झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ५६ हजार ८ सय ३ रुपैयाँ तोकेको छ । बुधबार छापावाला सुन तोलाको ४ सय ९७ रुपैयाँले घटेर ५७ हजार ५ सय ३ रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुनको भाउ पनि तोलामा ७ रुपैयाँ घटेर ५६ हजार ५ सय ५३ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको ५७ हजार २ सय ५३ रुपैयाँमा काराबेार भएको थियो । त्यस्तै, चाँदीको भाउ पनि बिहीबार तोलामा ११ रुपैयाँले घटेर ९ सय ७९ रुपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्ला दिनमा सुनचाँदीको भाउ निरन्तर ओरालो लागिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4