२७ भदौ, काठमाडौं । एक मात्र दोस्रो पुँजी बजार सूचक नेप्से परिसूचकमा आज १.३६ अंकले वृद्धि भई ५४९.८२ अंक पुगेको छ । विकास बैंकको समूह सूचकबाहेक सबै सूचकमा वृद्धि देखिएको छ । वाणिज्य बैंकहरुको समूह सूचक १.२६ अंकले बढेर ५२९.७२ पुगेको छ ।
नेप्सेमा बिहीबार ९९ कम्पनीको २ हजार १ सय ९ पटक सेयर कारोबार भएको छ । ४ लाख ४० हजार ७ सय ४० कित्ता सेयर खरिदबिक्रीबाट कारोबार रकम १८ करोड ७१ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
मूल्य बढ्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको ३२ रुपैयाँ बढेर १९२९, एक्सेल डेभलपमेन्ट बैंकको २३ बढेर ३६० र बुटवल पावर कम्पनीको २० बढेर ८१० रुपैयाँ पुगेको छ । त्यसैगरी, छिमेक लघुवित्त विकास कम्पनीको २९ घटेर ७६० र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३० घटेर १४७० रुपैयाँमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4