Comments Add Comment

१० अर्बको तरलता प्रशोचन

२७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट पुनः १० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । एक साता अघि ५ अर्ब तरलता प्रशोचन गरेकोमा केन्द्रीय बैंकले थप तरलता खिचेको हो ।

nepali-note

बैंक तथा वित्तीय संस्थामा तरलता अधिक भएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारको तरलता खिच्ने गरेको छ । दोस्रो पटक पनि सात दिने रिभर्स रिपो जारी गरिएको हो ।

यसअघि जारी भएको पाँच अर्ब रिभर्स रिपो परिपक्व भएपछि केन्द्रीय बैंकले फिर्ता भएको पाँच अर्ब र थप नयाँ पाँच अर्ब बजारबाट उठाएको छ । अघिल्लो पटकको तुलनामा अहिले ब्याज दर अझ न्यून देखिएको छ ।

दोस्रो पटक जारी रिभर्स रिपोमा मागको ४ गुणा अर्थात ४३ अर्ब रुपैयाँको आवेदन परेको थियो । अघिल्लो पटक ६ गुणा अर्थात ३० अर्बको आवेदन परेको थियो । पछिल्लो पटक भारित औसत ब्याज दर ०.०६४ प्रतिशत रहेको छ, जुन अघिल्लो पटक ०.०७४ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले जुन बैंकले सस्तो ब्याजमा आफूलाई रकम दिन तयार हुन्छ, उसलाई प्राथमिकता दिएर रकम लिने गर्दछ । ब्याज दर अत्यन्तै न्यून भएको हुनाले बैंकहरुसँग आवश्यकताभन्दा धेरै तरलता रहेको संकेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment