Comments Add Comment

सुन तोलामा १ हजारले घट्यो

२८ भदौ, काठमाडौं । सुनको भाउ आज शुक्रबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावल सुनको मूल्य प्रतितोला ५५ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । महासंघले हिजो ५६ हजार ८ सय ३ रुपैयाँ तय गरेको थियो ।

gold

त्यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ५५ हजार ५ सय ५० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा झरेको छ ।

यसैबीच, सरकारले भारतीय भन्सारसँग समायोजन गर्न सुनको भन्सार महसुल वृद्धि गरेको छ । सरकारले सुनको भन्सार प्रतिदश ग्राममा ५ हजार २ सय पुर्‍याएको हो ।

यसअघिको तुलनामा सरकारले दश ग्राममा १ हजार ६ सयका दरले भन्सार महसुल वृद्धि गरेको हो । भारत सरकारले सुनको भान्सरा ४४ सय ८० भारु पुर्‍याएको छ, जसको नेपाली रुपान्तर ७ हजार माथि हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment