२८ भदौ, सर्लाही । सर्लाहीमा भएको बम विष्फोटमा १२ जना घाइते भएका छन् । सदरमुकाम मलंगवास्थित नापी शाखाको गेटमा बम विष्फोट भएको हो । ११:३५ बजे भएको बम विष्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन् ।
नापी शाखामा सेवाग्राहीहरूको भीडभाड रहेका बेला विष्फोटन भएकाले धेरै घाइते भएका हुन् । विष्फोटनपछि मानिसहरूमा भागाभाग भएको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एक दर्जन घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4