+
+
Shares

कृष्णनगर भन्सारमा ३ लाख राजश्व हिनामिना

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते १६:४५

२८ भदौ, काठमाडौं । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले करिब ३ लाख रुपैयाँ राजस्व हिनामिना गरेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान कार्यालय बुटवलले भन्सारबाट चेक जाँच भएका केही ट्रकहरू पुनः जाँच पास गर्दा न्यु पश्चिमाञ्चल ट्रेडर्सको नरिवल बोकेको एक ट्रकमा १५ टन नरिवल भारतबाट आयात भएपनि १.८ टन नरिवलको मात्र भन्सार लिएको पाइएको हो ।

त्यस्तै प्रकारका मालसामानहरू सोही पार्टीबाट विभिन्न मितिमा ल्याइएको पाइएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ । सोही स्थानमा थप दुई गोदाम पनि खानतलासी गरी मुचुल्का गरिएको र राजस्व अनुसन्धान इकाई कार्यालय बुटवललाई थप अनुसन्धान गर्न निर्देशन दिइएको अख्तियारले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?