Comments Add Comment

सान्चेजको गोलमा बार्सिलोनाको जित

३० भदौ, काठमाडौं । अतिरिक्त समयमा एलेक्स सान्चेजले गरेको गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले ३–२ को जित निकालेको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ३६ औं मिनेटमा ड्यानी एल्भेसको गोलबाट अग्रता लिएको थियो । ७५ औं मिनेटमा ब्राजिलियन स्टार नेयमारको पासमा मेस्सीले गोल गरेपछि बार्सिलोना २–० को अग्रता कायम गर्न सफल भयो ।

तर, ८० र ९० औं मिनेटमा गोल गर्दै सेभिल्लाले उत्कष्ट पुनरागमन ग¥यो । तर, अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै सान्चेजले बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाए । ४ खेलबाट १२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । अल्मेरियालाई ४–२ ले पराजित गरेको एथ्लेटिको मड्रिडको १२ अंक भएपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment