+
+
Shares

एनसेलका लक्की ड्रमाथि सरकारी अंकुश

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ३० गते १२:०५

३० भदौ, काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले भाग्यशाली चिठ्ठामा आधारित प्रचारात्मक अभियान तत्काल रोक्न दूरसंचार कम्पनीहरुलाई निर्देशन दिएपछि त्यस्ता कार्यक्रम संचालन गर्दै एनसेलका तीनवटा कार्यक्रम रोकिने भएका छन् ।

Ncell-towerप्राधिकरणले हालै एक अन्तरिम निर्देशन जारी गर्दै दूरसंचार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई भाग्यशाली चिठ्ठा-लक्की ड्र)मा आधारित कुनै पनि कार्यक्रम संचालन नगर्न र त्यस्ता कार्यक्रम चलिरहेको भए तत्काल रोक्न भनेको थियो ।

निर्देशनलगत्तै लक्की ड्र संचालन गरिरहेको एनसेलले त्यस्ता कार्यक्रम रोक्न बाध्य भएको छ । एनसेलले हाल नगदमा गदगद, पिआरबिटि विन टिकट अफर र पि्रमियर लिग अलर्ट्स पुरस्कार कार्यक्रम सञ्चालन गरिरहेको थियो । एनसेलका यी तीनवटै पुरस्कार कार्यक्रम आइतबार राती १२ बजेबाट रोकिने कम्पनीका प्रवक्ता मिलनमणी शर्माले बताउनुभयो ।

एनसेलले आइतबार राती १२ बजेसम्म उपहार योजनामा सहभागी भएका ग्राहकहरुको भने पूर्वनिर्धारित सर्त बमोजिम बिजेता छनौट गर पुरस्कार वितरण गर्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो । ‘नगदमा गदगद उपहार योजनामा सहभागीहरुको सोमबार लक्की ड्र गरेर बिजेता छनौट गछौं र कार्यक्रम बन्द गर्छौ’ उहाँले भन्नुभयो- ‘उपहार कार्यक्रममा सहभागी गराउने काम सोमबार रातीदेखि नै बन्द हुनेछ ।’

कम्पनीले हप्तादिन भित्रमा ५० रुपैयाँ खर्च गर्ने ग्राहकहरुलाई कोड उपलब्ध गराई उक्त कोडबाट लक्की ड्र गराएर १० लाख रुपैयाँ पुरस्कार वितरण गर्दै आएको थियो । नियामक निकायले अन्तरिम आदेश जारी गरेपछि त्यसको स्वागत गर्नुपर्ने एनसेलको भनाई छ ।

उपहार कार्यक्रम मार्फत ग्राहकहरुलाई इङ्गेज गरि कम्पनीले केही दिइरहेको छ भन्ने आभास दिलाउने काम कम्पनीले गरिरहेको बताउँदै उहाँले यस्ता कार्यक्रम रोकिदैमा ग्राहक कम्पनी सम्बन्ध नटुट्ने दाबि गर्नुभयो ।

प्राधिकरणका निमित्त प्रमुख आनन्दराज खनालले प्राधिकरण बोर्डले नयाँ निर्णय नगरेसम्म यो निर्देशन कायमै रहने बताउनुभयो । भाग्यशाली चिठ्ठा प्रकृतिका कार्यक्रमबाट ठगिएको भन्दै ग्राहकबाट उजुरी परेपछि कार्यक्रम रोकिएको नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

प्राधिकरणले घिमिरेकै संयोजकत्वमा विस्तृत निर्देशिका तयार गर्न एक समिति समेत गठन गरेको छ । यसअघि नेपाल राष्ट्र बैंक र गृहमन्त्रालयले समेत चिठ्ठामा आधारित कार्यक्रम संचालन नगर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?