+
+
Shares

सूर्य अंकित सुष्माको ट्याटुले मञ्चायो आतंक ?

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २४ गते ११:३१

नायिका सुष्मा कार्कीले छातीमा खोपेको ट्याटु अहिले उनकै लागि भारी परेको छ । नायिका कार्कीको ट्याटु अब एमालेको चुनाव चिन्ह बन्न पुगेको छ । जसका कारण उनको ट्याटुलाई चलचित्र सेन्सर बोर्डले बारम्बार हटाउन भनिरहेको छ ।susma-karki-tatuयसअघि चलचित्र ‘राजनीति’को सेन्सरको समयमा सुष्माको ट्याटुले अप्ठ्यारो पारेको थियो । हाल चलचित्र ‘विन्दास २’ को सेन्सरको समयमा पनि यस्तै अप्ठ्यारो परेको छ । निर्देशक राजु गिरीले सुष्माको ट्याटु हटाउन सेन्सरले भनेको बताए । सुष्माले छातिमा खोपेको ट्याटु एमाले पार्टीको चुनाव चिन्ह भएको भन्दै हटाउन भनिएको हो ।

नायिका सुष्मा कार्कीले छातिमा खोपेको ट्याटुले उनलाई त सेक्सी देखाएको नै छ । उनी सार्वजनिक कार्यक्रममा पनि ट्याटु देखाएरै हिड्ने गर्छिन् । तर त्यही ट्याटुलाई चलचित्रको पर्दामा देखाउने निर्माता निर्देशकका लागि भने अप्ठ्यारो पर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?