Comments Add Comment

बृद्धाश्रमका आमाहरु भन्छन्- दसैं नसम्झाउनुस् बाबु

२८ असोज, काठमाण्डौ । दसैं नेपालीहरुको महान चाड हो । दसैंकै लागि भनेर स्वदेशमै रहेर पनि घरपरिवारभन्दा बाहिर रहेका तथा विदेशमा रहेका नेपालीहरु पनि घर फर्किन्छन् दसैं मनाउन । दसैँ खुसीयालीको प्रतीक भए पनि सबै मानिस र वर्गमा यो लागू हुन सकेको छैन । भनिन्छ, ठूलाबडाका लागि दसैँले खुसी ल्याए पनि गरिबी र निमुखाका लागि यो सधैँ बोझका रुपमा रहेको छ ।

दसैंले यतिबेला हरेक नेपालीहरुलाई मज्जैले छाएको छ । आफ्ना आफन्त, इष्टमित्र तथा घर परिवार एक आपसमा बसेर मनाउने धुनमा छन् । तर आफ्ना छोराछोरी श्रीमान, नाति नातिनाहरु हुँदाहुँदै पनि विभिन्न बाध्यताले बृद्धाश्रममा गएर बस्नेहरुका लागि दसैं, दसैं भएर होइन नरमाइलो दिन बनेर आउने गरेको छ ।

दुःख कष्टले जन्माएका र हुर्काएका छोराछोरीले बुढेसकालमा आमालाई साहरा दिनु हरेक छोराछोरीको कर्तव्य हो । तर आफूलाई नै जम्न्म दिने आमाहरुलाई नै बुढेसकालमा साहरा नदिई बृद्धाआश्रममा लगेर छोड्ने निर्दयी छोराछोरी पनि छन् । केही भने आफू खुसी नै बृद्धाश्रममा आएर बस्ने आमाहरु प्नि छन् । शहर गाउँ गाउँमा दसैंको रौनक छाएपनि बृद्धाश्रममा भने दसैं रमाइलो चाड नभई नरमाइलो पर्व भएर आउँछ ।

यस्तै भन्नुहुन्छ विगत १२ वर्षदेखि काठमाण्डौको बानेश्वरमा रहेको निःसहाय सुेवा सदनमा बस्दै आएकी ७५ बर्षीय भक्तपुरकी चिनी गिरी । भक्तपुरमा उहाँको आफ्नै घर छ तर आफूलाई हेर्ने कोही नभएपछि उहाँ बृद्धाश्रम तिर आउन बाध्य हुनु भयो । उहाँका न छोरा छन् न श्रीमान नै । बहिनी भएपनि आफ्नो स्याहार गर्न गाह्रो मानेकाले आफू बृद्धाश्रममा आएको उहाँ वताउनु हुन्छ । दसैं उहाँका लागि पर्व नै नभएको वताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,पहिले पहिले टीका टालो. गर्दा निकै रमाइलो हुन्थ्यो । सबै आफन्तहरु घरमा आउँथे रमाइलो गथ्र्यौँ । तर अहिले बृद्धाश्रममा आएर बसेपछि कोही पनि आफन्तले सम्भिmदैँनन् । ‘ उहाँले आफू १२ वर्ष बृद्धाश्रममा विताइसकेकाले दसैंमा रमाइलो गर्न नपाएको वताउनुभयो । दसैंको दिनमा आश्रममा आश्रमका सञ्चालकहरुले टीका लगाइदिने र सदाको झै दालभात तरकारी खान दिने गरेको उहाँ वताउनुहुन्छ । गिरी भन्नुहुन्छ,’हाम्रा लागि यो दसैं तिहार जस्ता पर्व अब रहेनन् । किनकी हामी बुढीहरुलाई कस्ले पो सम्भिmन्छ र ? ‘ दसैं सधैँ खल्लो हुने गरेको गिरी बताउनुहुन्छ । तर आफूलाई पर्व मान्न नपाएको र आफन्तले चाड वाडमा नसम्झेकोमा कुनै गुनारो नररहेको वताउनुहुन्छ गिरी । दसैंको दिन आश्रममै पूजा गरी आश्रममै उपलब्ध खानेकुरा खाएर वित्छ दसैंको दिन, गिरीले भन्नुभयो ।

यस्तै १३ वर्ष देखि नै बद्धाश्रममा आएर बस्न थाल्नु भएकी सातदोवाटोकी ७७ बर्षीय रत्ना कुमारीलाई दसैं कसरी मनाउनुहुन्छ भनेर प्रश्न गर्दा टिलपिल टिलपिल आँशु खसाल्दै भन्नुभयो,’बृद्धाश्रममै मनाउँछौ । सामान्य दाल भात खाएर ।’ चिनी गिरीका जस्तै उहाँको पनि आफन्त त नभएका होइनन्, रत्नाकुमारीकी त आफ्नै छोरी पनि हुनुहुन्छ । थानकोटमा घर रे रत्नाकुमारीकी छोरीको । छोरीले सम्झे पनि आफूलाई नै छोरीकोमा गएर बस्न गाह्रो भएको उहाँ वताउनुहुन्छ । हात गोडा राम्रोसंग चलाउन नसक्ने रत्नाकुमारी दसैंको दिनमा छोरीले सम्झे पनि जान नसक्ने हुनुहुन्छ । दसैंमा अरु आफन्तले नसम्झे पनि छोरीले सम्झीने गरेको तर अहिले छोरी नै विरामी परेकाले रत्नाकुमारीले बृद्धाश्रममै दसैं मनाउनु हुन्छ । रत्नाकुमारीले बृद्धाश्रममा जे खान दिन्छन् त्यही खाएर खुशीसाथ दसैं मनाउने वताउनुहुन्छ । छोरीलाई गाउँलेले हेला गर्लान र हेप्लान भन्ने डरले रत्नाकुमारीलाई छोरीको घरमा गएर बस्न मन लागेन र बृद्धाश्रममा आएर बस्न थाल्नु भयो । पहिले घरपरिवार र आफन्तसंग मनाउने दसैं अहिले सम्झनपनि सक्नुहुन्न रत्ना कुमारीले । उहाँ भन्नुहुन्छ,’पहिलेको दसैं र अहिलेको दसैं निकै फरक भइसकेको छ । परिवारमा बसेर मनाउने दसैं पो त दसैं हो । अहिले आश्रममा मनाउने दसैं दसैं जस्ता लाग्दैन । समान्य अन्य दिन जस्तै लाग्छ ।’ रत्नकाकुमारीले आफूले कर्म नै आफूलाई ठगेको भन्दै खुशी साथ बृद्धाश्रममा दसैं मनाउने वताउनुहुन्छ । रत्नाकुमारी र चिनी गिरी त प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ उहाँहरुजस्तै कति आमाहरु छोरा छोरी घर हुँदा हुँदै पनि बृद्धाश्रममा गएर बस्न बाध्य हुनु भएको छ आफन्त र छोराछोरीवाट टाढा हुनु भएको छ । बानेश्वरमा रहेको निःसाहय सेवा सदनमा अहिले ४२ जना बृद्धबृद्धालले आश्रय लिँदै आएका छन् ।

उता वृद्धआश्रममा बस्ने आमाहरुको स्याहार सुसार गर्ने समाजसेवीहरुको भने दसैंको खास योजना छैन । समाजसेवीहरुले बृद्धाश्रममा रहेका आमाहरु र चायल्ड सेन्टरमा रहेका बालबालिकाहरुसंग रमाइलो गरेर मनाउने वताउँछन् । आमाको घरकी सञ्चालकीका समाजसेवी दिलशोभा श्रेष्ठ दसैं रमाइलो चाड भएको वताउनुहुन्छ । उहाँले यसपालिको दसैं आमाको घरमा रहेका ३९ जना आमा, २ जना आँखा नदेख्ने बाबा र ३५ भन्दा बढि बच्चाहरुसंग रमाइलो गरेर मनाउने योजनामा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,’दसैंको रमाइलो चाड हो । त्यसैले सवै आमा, वावा र बच्चाहरुलाई लिएर म मामाको घर थानकोट जान्छु । भाइबहिनीहरुले दसैंमा सधैँ बोलाउँछन् । टीकाटालो गरेर रमाइलो गरेर आमाको घरमा र्फकन्छौ ।’ श्रेष्ठले सप्तमीको दिनदेखि नै आमाको घरमा रहेका आमा, बाबा र बच्चाहरुलाई मासु भात खान दिने योजनामा हुुनुहुन्छ । तर श्रेष्ठले आफ्नजो व्यक्तिगत कुनै योजना भने दसैंका लागि भनेर नभएको वताउनुभयो । उहाँले आमाको घरमा रहेका ५३ मध्ये १९ जना बालबालिका चाहिँ आफ्नो आफन्तीकोमा दसैं मनाउनका लागि भनेर गएको वताउनुभयो । उहाँले भन्नुभयो,’१९ जना बालबालिका आफ्ना काका, काकी तथा मामा घर जान्छौँ भनेर गएका छन् । तर आफन्त कोही नहुने चाहिँ आमाको घरमै छन् । हामीसंगै मनाउँछौँ दसैं ।’

उसो त अर्की समाजसेवी सीएनएन हिरोको उपाधिसमेत पाएकी अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टरकी संस्थापक पुष्पा बस्नेतको योजना पनि दिलशोभाको भन्दा फरक छैन । उहाँले पनि आफ्नो दसैं योजना आफ्ना संस्थामा रहेका बालबालिकाहरुसंग रमाइलो गरेर मनाउने रहेको वताउनुभयो । उहाँले भन्नुभयो,’दसैं भन्ने वित्तिकै रमाइलो चाड हो । त्यसैले मेरो आश्रयमा रहेका बालबालिकाहरल्ााई टीका लगाइदिएर मिठो खानेकुरा दिएर दसैं मनाउँछौ । ‘

रातोपोलमा रहेको घरमा भने घरमा दाजु भाउजु र आमा बुबा बस्नुहुन्छ पुष्पाका तर उहाँ दसैंको दिनमा घरमा नभई बालबालिकाहरुसंग दसैं मनाउनु हुन्छ गएका वर्ष झै । आश्रममै टीकाटालो गरेपछि सवै बालबालिकालाई लिएर उहाँ रातोपुलमा रहेको घरमा जानुहुन्छ र वुवा आमा तथा दाइभाउजूका हातवाट टीका लगाउनुहुन्छ । बस्नेत यसपालि पनि बालबालिकाहरुलाई दसैंका एकजोर नयाँ कपडा दिने योजनामा हुनुहुन्छ । बस्नेतको चाइल्ड सेन्टरमा अहिले ७० भन्दा बढी बालबालिका रहेका छन् । केही आफ्नो आफन्तकोमा दसैं मनाउन गएको बस्नेत वताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment