+
+
Shares

स्वरसम्राट नारायण गोपालको आज स्मृति दिवस

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १९ गते ८:१९

१९ मंसिर, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपालको आज २३ औ स्मृति दिवस । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि स्रोताका रोजाइ बन्ने गरेका छन् ।

narayangopal२३ बर्षभन्दा अगाडि उहाँले गाएका गीतहरु अझै पनि रेडियो नेपाल, विभिन्न एफएम स्टेसन तथा टेलिभिजनबाट प्रशस्तै बज्ने गरेका छन् । सांगीतिक क्षेत्रका अमूल्य व्यक्ति उहाँको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा नारायणगोपाल संगीत कोषले नारायण गोपाल सम्मान र संगीत पुरस्कार वितरण गर्ने भएको छ ।

त्यस्तै नेपाल कला संस्कृति विकास केन्द्रले पनि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको सम्झना गर्ने जनाएको छ ।

राजधानीको महाराजगञ्जस्थित चोकमा रहेको उहाँको शालिक नजिकै हुने कार्यक्रममा विभिन्न कलाकारहरुले नारायण गोपालका गीतहरु गाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?