+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दीपिका र कपिललाई ‘ईन्डियन अफ द ईयर’को अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ८ गते १२:१८

बलिउडमा सन् २०१३ निक्कै सफल मानिन्छ । ८ वटा सिनेमाले १ सय करोड माथिको व्यापार गर्‍यो भने केही कलाकार भाग्यमानी पनि ठहरिए । यही भिडमा नायिका दीपिका पादुकोण पनि अग्र स्थानमा रहन सफल भइन् । उनले अभिनय गरेका ४ वटै सिनेमाले १ सय करोडको क्लबमा आफूलाई सहभागी गराए । उनी निर्माताको पैसा असुल गर्ने सबैभन्दा दह्रो हतियार बन्न पुगिन् ।dipika-and-kapilयस्तै ‘कमेडी नाइट्स विथ कपिल’ नामक कमेडी कार्यक्रम संचालन गरेर चर्चित हाँस्य कलाकार कपिल शर्माले धेरैको मन जिते । उनको शो भारतीय टेलिभिजनको भिडमा सबैभन्दा बढि हेरिने कार्यक्रम बन्न पुग्यो । एउटा सामान्य परिवारमा हुर्किएका कपिलले छोटो समयमै ठूलो सफलता हात पारेका छन् ।

यही क्रममा भारतको एक लिडिङ टेलिभिजनले कपिल र दीपिकालाई ‘ईन्डियन अफ द ईयर’को अवार्डबाट सम्मानित गरेको छ । भारतको मनोरञ्जनको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै कपिल र दीपिका यो सम्मानबाट सम्मानित भएका हुन् । भारतका विभिन्न क्षेत्रका ११ जना व्यक्तिहरुलाई यो अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड पाएपछि दुई चर्चित कलाकारले खुशी व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?