+
+
Shares

सिनेमा छान्न नजान्ने या अभागी अनु ?

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १९ गते १४:१६

नायिका अनु शाह नेपाली सिने क्षेत्रमा अभागी नायिकाको रुपमा देखिएकी छिन् । उनले खेलेका कुनै पनि सिनेमाले व्यापारिक रुपमा कमाल मच्चाएका छैनन् । यसैले पनि उनले आजसम्म आफू प्रति दर्शक आकषिर्त गर्न सकेकी छैनन् ।anu-shah-1उनले अभिनय गरेका धेरैजसो सिनेमा बजारमा आएको र गएको नै दर्शकले थाहा पाउँदैनन् । यसको मुख्य कारण उनले अभिनय गरेका सिनेमाको प्रचारप्रसार कम हुनु हो । आजैबाट प्रदर्शनमा आएको प्रकाश ओझा निर्देशित चलचित्र ‘त्रास’मा पनि उनै नायिकाको मुख्य भूमिका छ । तर यो सिनेमामा अनुको अभिनय छ भन्ने कुरा कमैलाई मात्र थाहा छ । कारण, यो सिनेमाको निर्माण यूनिटले प्रचारमा कञ्जुस्याँई गर्नु हो ।

यस अघि पनि शाहले अभिनय गरेका थुप्रै चलचित्रको बारेमा दर्शकले पत्तो पाएनन् । यसैले पनि अनु शाह सिने नगरीमा अभागी त ठहरिएकी नै छन्, सिनेमा छान्न नजान्ने नायिकाको रुपमा पनि परिचित बन्दै गएकी छिन् ।

सिने नगरीमा सुन्दर नायिकाको रुपमा परिचित अनुले सिनेमा छान्दा ध्यान दिनु पर्ने तर्क धेरैको छ । सिनेमा भन्दा पनि म्यूजिक भिडियोमा नै व्यस्त अनु शाहले सिनेमा खेल्दा कथावस्तु र भूमिकामा विशेष ध्यान दिने पो हो की ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?