+
+

केस्रा विधाको सहयात्री संग्रहको विमोचन

हिडेर त्यसै, हामी रुक्दैनौ
खुलेर लड्छौं, हामी लुक्दैनौ
अगाडी वढ्छौं, हाँसेर मर्छौ
मर्नका लागि, हामी चुक्दैनौं
चालेर पाइला, हामी रुक्दैनौ
नामर्द जस्तै, हामी झुक्दैनौ

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २० गते १८:३५

कष्ण ओझा, 

२० पुस, पाँचथर

       चुनौती
हिडेर त्यसै, हामी रुक्दैनौ
खुलेर लड्छौं, हामी लुक्दैनौ
अगाडी वढ्छौं, हाँसेर मर्छौ
मर्नका लागि, हामी चुक्दैनौं
चालेर पाइला, हामी रुक्दैनौ
नामर्द जस्तै, हामी झुक्दैनौ

नेपाली साहित्यमा नवप्रवेशी केस्रा विधाको पहिलो र एकल संग्रह ‘सहयात्री’ को शनिवार पाँचथरमा एक समारोहकावीच विमोचन भएको छ ।
आदर्श वहुमुखी क्याम्पस विराटनगरका उप–प्राध्यापक भक्तिप्रसाद पौड्यालले पाँचाथरे स्रष्टा राज आङदेम्वे सहयात्रीको संग्रह सहयात्रीको विमोचन गर्नुभएको हो ।

मलेसियामा रोजगारीका लागि गएका मौलाश्री लिम्वूद्वारा प्रतिपादित केस्रा विधामा कुनै एक विषयमा केन्द्रित हुनु, शीर्षकको चयन गर्नु, सङ्गठित ६ हरफभित्र विषयलाइ समेट्नु, अझ अनुप्रास र समाक्षरीकतामा अनुशासित भएर सिर्जना गर्नु जस्ता कुराले केस्रा विधामा चुनौति र आकर्षण दुवै बढेको पाइएको छ ।

केस्रा लेखन मञ्चद्वारा प्रकाशित संग्रह पाँचथर गजल मञ्चको आयोजनामा संचालित कार्यक्रममा केस्रा विधाका प्रवक्ता दिलिप राई , जिल्लाका विभिन्न साहित्यकारहरु, प्राध्यापक र अन्य सरोकारवालाहरुले विधाबारेमा जिज्ञासासहित भावना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?