+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सूर्यबहादुर थापाका छोराले गिनिज बुकमा नाम लेखाउने !

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ७ गते १९:०६

७ माघ, काठमाडौं । संविधानसभामा आफ्नै पिता सूर्यबहादुर थापाबाट सपथ ग्रहण गरेपछि सभासद सुनिल थापाले आफ्नो नाम गिनिज बुकमा लेखाउने बताएका छन् । धनकुटा क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सभासद सुनिलले मंगलबार सपथ ग्रहणपछि अनलाइनखबरसँग भने, ‘संसारमा बाबुछोरा सांसद बनेका धेरै रहेछन्, तर बाबुले छोरालाई सपथ ग्रहण गराएको पहिलो घटना यहीमात्र रहेछ।

Suryabahadur and Sunil Thapaज्येष्ठ सदस्यका नाताले सूर्यबहादुर थापाले सपथ ग्रहण गराउँदा छोरा सुनिलले पनि पिताबाट सपथ लिएका हुन् । सपथपछि खुशी हुँदै उनले भने, ‘आज म असाध्यै खुशी छु, अब  गिनिज बुकमा नाम लेखाउँछु ।’

सोमबार शीतल निवासमा राष्ट्रपति रामवरण यादवबाट सूर्यबहादुर थापाले सपथ लिएपछि छोरा सुनिलचाँहि अनलाइनमा सर्च गरेर विश्वमा बाबुले छोरालाई सपथ खुवाएको घटना खोज्न तल्लीन थिए ।

यस्तो घटना काँहि नपाएपछि सुनिलले संविधानसभाका अध्यक्ष सूर्यबहादुर थापालाई यो विषयमा जानकारी गराउँदै हर्ष प्रकट गरेका थिए । तर, पूर्वप्रधानमन्त्री थापाले भने यसलाई सामान्यरुपमा लिँदै एउटा बहादुरले अर्को बहादुरलाई सपथ खुवाउनु सामान्य घटना भएको छोरालाई प्रतिक्रिया दिएका थिए ।

दम्पतीको एकैसाथ सपथ

संविधानसभामा पिताले पुत्रलाई सपथ ग्रहण गराएको घटना रोचक भए पनि श्रीमान श्रीमतीले मिलेर सपथ लिएका घटना भने सामान्य जस्तै बने । एमाले नेता अमृत बोहोरा र अष्टलक्ष्मी शाक्य, कांग्रेस नेता शेरबहादुर देउवा र आरजू राणालगायत जोडीले संविधानसभामा सपथ ग्रहण गरेका छन् ।

थरिथरिका सभासद, थरिथरिका पोशाक ! (फोटो फिचर)

सपथ ग्रहणमा प्रदीप गिरीसहित ६ सभासद गयल

प्रचण्डका पछि लुखुर-लुखुर हिँड्ने सभासद !

केपी ओलीले टेरेनन् झलनाथको निर्देशन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?