+
+

पत्रकारले सपथ ग्रहणको तस्वीर खिच्न पाएनन्

७ माघ, काठमाडौं । संविधानसभा भवनभित्र सपथ ग्रहण कार्यक्रम भइरहेका बेला फोटो पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । ढोकामा खानतलासी गर्दै सपथ ग्रहण सकिएपछि मात्रै प्रवेश गराइएपछि फोटो जर्नालिष्ट क्लबले आपत्ति जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ७ गते १७:४९

Photo-Journalis-Protest-on-

सपथ ग्रहणको तस्वीर खिच्न नपाएपछि संविधानसभा सचिवालयमा विरोध जनाउँदै फोटो पत्रकारहरू

७ माघ, काठमाडौं । संविधानसभा भवनभित्र सपथ ग्रहण कार्यक्रम भइरहेका बेला फोटो पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । ढोकामा खानतलासी गर्दै सपथ ग्रहण सकिएपछि मात्रै प्रवेश गराइएपछि फोटो जर्नालिष्ट क्लबले आपत्ति जनाएको छ ।

फोटो जर्नालिष्ट क्लबका सचिव दीपक गाउँलेले मंगलबार एक वक्तव्य जारी गर्दै मर्यादापालकले पत्रकारमाथि दुव्र्यवहार गरेको जनाएका छन् । विगतमा पनि मर्यादापालकले यसैगरी पत्रकारमाथि दुव्र्यवहार गर्ने गरेको गाउालेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सपथ ग्रहण शुरु हुनुअगावै संविधानसभामा प्रवेश गरेर क्यामेरा तयारी अवस्थामा राख्ने आग्रह गर्दा फोटो पत्रकारलाई पालेले केहीबेर मूलगेटमै रोकेका थिए । भित्र प्रवेश गरेपछि घण्टी बजिसक्दा पनि पत्रकारको झोला खानतलासी गरिएकाले अधिकांश पत्रकारले सपथ ग्रहणको तस्वीर लिन पाएनन् ।

सपथ ग्रहण कार्यक्रमको सरकारी टेलिभिजनले भने ‘लाइभ’ प्रसारण गरेको थियो । खानतलासीका कारण सीमित पत्रकारले मात्रै सपथ ग्रहणको तस्वीर खिच्न भ्याएका थिए ।

अनावश्यक रोकावट र खानतलासीका कारण तस्वीर लिन नपाइएको भन्दै पत्रकारहरुले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव ठाकुर बरालसाग प्रवेश पास टेबलमा थुपारेर विरोध जनाएका थिए ।

अनावश्यक अवरोध गरिएको भन्दै पत्रकारले बुधबारको अधिवेशनको तस्वीर नलिने बताएपछि महासचिव भट्टराईले पत्रकारमाथि अनुचित व्यवहार भएको भन्दै क्षमा मागेका थिए । भट्टराईले बुधबारको अधिवेशनमा पत्रकारलाई अवरोध नगर्ने भन्दै आश्वस्त पारेका छन् ।

फोटो पत्रकारहरुले संविधान सभाको तस्बिर खिच्न सहज वातावरण बनाउनुपर्ने, संविधान सभा प्रवेश गराउन नसक्ने भए सचिवालयले भिजुअलजस्तै फोटोको पनि उपलब्ध गराउनुपर्ने, घण्टौंसम्म उभिएर बस्नुपर्ने फोटो पत्रकारको स्थानलाई व्यवस्थित गरिनुपर्ने माग फोटो पत्रकारहरुले सचिवालयसमक्ष गरेका छन् ।

यी समाचार पनि पढ्नोस

सपथ ग्रहणमा प्रदीप गिरीसहित ५ सभासद गयल

प्रचण्डका पछि लुखुर-लुखुर हिँड्ने सभासद !

सूर्यबहादुर थापाका छोराले गिनिज बुकमा नाम लेखाउने !

थरिथरिका सभासद, थरिथरिका पोशाक ! (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?