Comments Add Comment

मोबाइल भिज्यो ? यसो गर्नुस्

आफ्नो मोबाइल फोन पानीमा भिज्ला र बिगि्रएला भन्ने डर सबैलाई हुन्छ । वषर्ात् समय सुरु भैसकेको छ । त्यसैले स्मार्टफोन भिज्ने जोखिम अझै बढ्दैछ । कहिलेकाहीँ सावधानी अपनाउँदा पनि मोबाइल फोन भिज्न सक्छ । त्यसो हुँदा केही उपाय अपनाउनु पर्छ । ता कि मोबाइल फोनमा पानीले असर नपरोस् । स्मार्टफोन भिजिहाल्यो भने यसरी स्याहार गर्नुपर्छ

१.तत्कालै मोबाइल स्विच अफ गर्नुस्ः मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकै तत्कालै स्विच अफ गर्नुहोस् । त्यसपछि यसलार्य सुख्खा कागज वा टावेल तथा कपडामा राख्नुहोस् । ब्याट्री तथा सिमकार्ड निकाल्नुहोस् । मेमोरी कार्ड पनि निकालेर सुकाउनुहोस् । त्यस्तै हेडफोन तथा अन्य बाहिरी ड्राइभ छन् भनेपनि निकाल्नुहोस् ।

२.ब्याट्रीको स्टिकर जाँच गर्नुस्ः तत्कालै ब्याट्री निकालेर जाँच गर्नुहोस् । ब्याट्रीमा प्रायः स्टिकर लगाइएको हुन्छ जुन सेतो रंगको हुन्छ । जब तपाइँको मोबाइल फोन भिज्छ तब उक्त स्टिकर पनि भिजेर रातो तथा गुलाबी बन्दछ । यदि मोबाइलको स्टिकर भिजेको छैन भने तपाइँले बिक्रेताबाट वारेन्टी बापतको सुविधा पाउनुहुन्छ ।

३. विस्तारै फोन पुछ्नुहोस्ः तपाइँको भिजेको स्मार्टफोन विस्तारै नरम कपडाले पुछ्नुहोस् । सम्भव भएमा सानो भ्याकुम क्लिनरले भित्रको पानी बाहिर निकाल्ने कोसिस गर्नुहोस् । तर ्भ्याकुन क्लिनर फोनको धेरै नजिक लग्ने तथा हेयर ड्रायर प्रयोग गर्ने काम नगर्नुस् ।

४. चामलभित्र घुसाउनुहोस्ः मोबाइललाई सुख्खा प्लास्टिक ब्याग तथा हावा नछिर्ने भाँडोमा राख्नुपर्छ । त्यस्तै मोबाइललाई चामल भरिएको भाँडोमा चामलभित्र घुसाएर रातभर राख्नुहोस् । चामलले मोबाइल भित्रकेा पानी सोस्दछ ।

५. चौबिस घण्टा कुर्नुहोसः मोबाइल फोन भिजिसकेपछि यसलाई पुनः सुचारु गर्न कम्तीमा पनि एक दिन कुर्नुपर्छ । तबमात्र यसभित्रको पूरै चिस्यान र पानी बाहिर निकाल्न सकिन्छ । मोबाइलको भित्री भाग, पोर्ट, ड्राइभ तथा कुनाकाप्चामा पानी तथा चिस्यान छैन र सुख्खा छ भन्ने निश्चित गर्नुहोस् । ब्याट्री राखेर मोबाइल रिस्टार्ट गर्नुहोस् । रिस्टार्ट भएन भने नजिकैको मोबाइल मर्मत केेन्द्रमा लगिहालनुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment