Comments Add Comment

पुससम्म ३ अर्ब पुग्यो घरजग्गा रजिष्ट्रेसन दस्तुर

९ असार काठमाडौं । पछिल्लो सयम घरजग्गा करोबारमा केही सुधार देखिएको छ । घरजग्गा क्षेत्रमा आएको सामान्य सुधारसँगै यस क्षेत्रबाट उठ्ने राजस्व पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले हालै सार्वजानिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख ९५ हजार घर जग्गाको दर्ता भएको छ । ३१ हजार  ६ सय घरजग्गाको स्थायी नक्सा पास भएको छ भने घरजग्गा दस्तुरबापत ३ अर्ब १८ करोड ४२ लाख ५ हजार रुपैयाँ उठेको छ ।

चालू आववको पुस मसान्तसम्ममा घरजग्गाको दर्ताबापत उठेको दस्तुर गत वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशत बढी हो । गत वर्षको यसै अवधिमा २ अर्ब ६५ करोड २७ लाख ३ हजार रुपैयाँ राजस्व उठेको थियो ।

गत वर्षकोभन्दा यो वर्षको पुसमा घरजग्गा दर्ता संख्या १ दशमलब २१ प्रतिशतले मात्रै बढेको छ । त्यसैगरी घर तथा भवनको नक्सा पासको संख्या भने ८ दशमलब ८१ प्रतिशतले बढेको छ । गत वर्ष घरजग्गा रजिष्ट्रेसनको वृद्धिदर ९.५७ प्रतिशत र घरजग्गा नक्सा पास ०.५६ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकले विभिन्न आठ क्षेत्रमा गरेका क्षेत्रतग अध्ययनले यस्तो तथ्य फेला परेको हो । जिल्ला मालपोत कार्यालयहरु तथा महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका कार्यालयहरुको अध्ययन गरेको जनाएको छ ।

काठमाडौं 

पुस मसान्तसम्ममा काठमाडौं क्षेत्रमा ५५ हजार एक सय ९५ घरजग्गा रजिष्ट्रेसन भएका छन २१ सय ६७ वटा नक्सा पास भएका छन् । त्यस्तै यस अवधिमा एक अर्ब ६८ करोड १३ लाख रुपैयाँ रजिष्ट्रेसन दस्तुर उठेको छ । गघरजग्गा रजिष्ट्रेसनको संख्या गत वर्षको भन्दा ७.१४ प्रतिशतले बढी हो भने नक्सा पास १८.५४ प्रतिशतले बढी हो । त्यसैगरी रजिष्ट्रेसन दस्तुर गत वर्षको भन्दा २२.७५ प्रतिशतले बढी हो ।

बिराटनगर

पुस मसान्तसम्म्मा विराटनगर क्षेत्रमा ७१ हजार ८ सय ६७  घरजग्गाको दर्ता भएको छ भने १९ सय ७५ घरजग्गाको नक्सा पास भएको छ । त्यस्तै घरजग्गा दर्ताबापत ३ अर्ब ६१ करोड ६३ लाख रुपैयाँ राजस्व उठेको छ । घरजग्गा रजिष्ट्रेसनको संख्या गत वर्षको भन्दा १०.६९ प्रतिशतले कम हो भने नक्सा पास ९.५३ प्रतिशतले कम हो । त्यसैगरी रजिष्ट्रेसन दस्तुर गत वर्षको भन्दा२.२५ प्रतिशतले बढी हो ।

जनकपुर

पुस मसान्तसम्म्मा जनकपुर क्षेत्रमा ५१ हजार ९ सय ८४  घरजग्गाको दर्ता भएको छ भने ८ सय ५ घरजग्गाको नक्सा पास भएको छ । त्यस्तै घरजग्गा दर्ताबापत २ करोड १ लाख  रुपैयाँ राजस्व उठेको छ । घरजग्गा रजिष्ट्रेसनको संख्या गत वर्षको भन्दा १८.७३ प्रतिशतले बढी हो भने नक्सा पास५.१८ प्रतिशतले कम हो । त्यसैगरी रजिष्ट्रेसन दस्तुर गत वर्षको भन्दा २३.१९ प्रतिशतले बढी हो ।

बीरगञ्ज

पुस मसान्तसम्म्मा जनकपुर क्षेत्रमा ३६ हजार ९ सय ८४  घरजग्गाको दर्ता भएको छ भने १३ सय ६५ घरजग्गाको नक्सा पास भएको छ । त्यस्तै घरजग्गा दर्ताबापत १ करोड ३२ लाख  रुपैयाँ राजस्व उठेको छ । घरजग्गा रजिष्ट्रेसनको संख्या गत वर्षको भन्दा ११.३५ प्रतिशतले बढी हो भने नक्सा पास ९.५४ प्रतिशतले कम हो । त्यसैगरी रजिष्ट्रेसन दस्तुर गत वर्षको भन्दा २३.५२ प्रतिशतले बढी हो ।

पोखरा

पुस मसान्तसम्म्मा पोखरा क्षेत्रमा ५ हजार ७ सय ६४ घरजग्गाको दर्ता भएको छ भने २३ हजार २९ घरजग्गाको नक्सा पास भएको छ । त्यस्तै घरजग्गा दर्ताबापत २ अर्ब ८१ करोड १८ लाख लाख  रुपैयाँ राजस्व उठेको छ । घरजग्गा रजिष्ट्रेसनको संख्या गत वर्षको भन्दा ५.५५ प्रतिशतले बढी हो भने नक्सा पास १२.८४ प्रतिशतले कम हो । त्यसैगरी रजिष्ट्रेसन दस्तुर गत वर्षको भन्दा १२.४५ प्रतिशतले बढी हो ।

सिद्धार्थनगर

पुस मसान्तसम्म्मा सिद्धार्थनगर क्षेत्रमा ३१ हजार ५ सय २८ घरजग्गाको दर्ता भएको छ भने ७ सय ९१ घरजग्गाको नक्सा पास भएको छ । त्यस्तै घरजग्गा दर्ताबापत १ अर्ब ९५ करोड ८६ लाख  रुपैयाँ राजस्व उठेको छ । घरजग्गा रजिष्ट्रेसनको संख्या गत वर्षको भन्दा ३.०५ प्रतिशतले बढी हो भने नक्सा पास ८.६६ प्रतिशतले कम हो । त्यसैगरी रजिष्ट्रेसन दस्तुर गत वर्षको भन्दा १३.१० प्रतिशतले बढी हो ।

नेपालगञ्ज

पुस मसान्तसम्म्मा नेपालगञ्ज क्षेत्रमा २८ हजार ७५  घरजग्गाको दर्ता भएको छ भने ९ सय ७८ घरजग्गाको नक्सा पास भएको छ । त्यस्तै घरजग्गा दर्ताबापत २ अर्ब ३७ करोड १० लाख  रुपैयाँ राजस्व उठेको छ । घरजग्गा रजिष्ट्रेसनको संख्या गत वर्षको भन्दा १३.८० प्रतिशतले कम हो भने नक्सा पास १.९१ प्रतिशतले कम हो । त्यसैगरी रजिष्ट्रेसन दस्तुर गत वर्षको भन्दा ६३.४९ प्रतिशतले बढी हो ।

धनगढी

पुस मसान्तसम्म्मा धनगढी क्षेत्रमा १३ हजार ६ सय ६९ घरजग्गाको दर्ता भएको छ भने ५ सय ८६ घरजग्गाको नक्सा पास भएको छ । त्यस्तै घरजग्गा दर्ताबापत ९४ करोड २४ लाख रुपैयाँ राजस्व उठेको छ । घरजग्गा रजिष्ट्रेसनको संख्या गत वर्षको भन्दा २.५७ प्रतिशतले कमी हो भने नक्सा पास १९.५९ प्रतिशतले बढी हो । त्यसैगरी रजिष्ट्रेसन दस्तुर गत वर्षको भन्दा ३.३३ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment