८ असार, काठमाडौं । यस वर्ष सवारी साधान तथा पार्टस्हरुको आयात बढेपनि गत वर्षको तुलनामा वृद्धिदर भने घटेको छ । चालु आर्थिक वर्षको दश महिनामा सावारी तथा पार्टस्को आयात ३०.१९ प्रतिशतले बढेको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो आयात ४६.५३ प्रतिशतले बढेको थियो ।
चालु आवको दश महिनामा ३५ अर्ब ५७ करोड ८१ लाख रुपैयाँ बराबरको सवारी साधन तथा स्पेयर पार्टस् आयात भएका छन् । गत वर्षको यसै अवधिमा २७ अर्ब ३२ करोड ७० लाख रुपैयाँ र त्यो भन्दा अघिल्लो वर्ष १८ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ बराबरको सवारी तथा स्पेयर पार्टस् आयात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस अवधिमा भारतबाट २७ अर्ब ३६ करोड ५ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टस आयात भएको छ । गत वर्षको यसै अबधिमा भारतबाट २२ अर्ब २१ करोड ३१ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टस आयात भएको थियो । त्यस्तै, २ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको टायर तथा ट्यूब भारतबाटै आयात भएको छ ।
त्यसैगरि, तेस्रो मुलुकबाट यस वर्षको दश महिनामा ५ अर्ब २७ करोड २७ लाख रुपैयाँ बराबरको ट्रान्सपोर्ट इक्यिुपमेन्ट तथा पर्टस र ४४ करोड ५५ लाख रुपैयाँ बराबरको टायर तथा ट्यूब आयात भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत वर्षको यसै अवधिमा २ अर्ब ८५ करोड १ लाख रुपैयाँ बराबरको ्रान्सपोर्ट इक्यिुपमेन्ट तथा पर्टस आयात भएको थियो ।
नेपालमा अधिकांश सवारी तथा पार्टसहरु भारतीय बजारबाट आयात हुँदै आएको छ । अन्य मुलुकतर्फको आयात वृद्धिदर अघिल्लो वर्षको तुलनामा उच्च भएपनि भारततर्फको आयात वृद्धिदर ओरालो लागेको छ ।
प्रतिक्रिया 4