६ असार, काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु बढ्न थालेका छन् । मुलुकमा दोस्रो संविधानसभाको चुनाव भई दलहरु संविधान निर्माणमा केन्द्रीत भएको र शान्ति सुरक्षाको समेत प्रत्याभूति हुन थालेपछि पर्यटकहरुको आगमन बढ्न थालेको हो ।
सन् २०१४ को अप्रिल महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ हजार १८ जना पर्यटक नेपाल भित्रिएका छन् । जुन संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा २५.६८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै महिनामा ५४ हजार १ सय १९ जना पर्यटक नेपाल भित्रिएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा पनि पर्यटकको संख्या ६.०६ प्रतिशतले बढेका छन् । यस अवधिमा ५१ हजार १ सय जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको सोही महिनामा ४८ हजार १ सय ८७ जना पर्यटक नेपाल आएका थिए ।
एप्रिलमा कहाँबाट कति पर्यटक ?
यस महिना नेपालमा सबैभन्दा बढी १२ हजार ८ सय ७१ भारतीय प्रर्यटक नेपाल भ्रमणमा आएका छन् । भारतपछि सबैभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिने गरेका छन् । अपि्रलमा चीनबाट ६ हजार ८ सय ८१ पर्यटक नेपाल घुम्न आएका छन् ।
अप्रिलमा सार्क मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा १०.३९ प्रतिशतले बढेका छन् । गत वर्षको अपि्रलमा सार्क मुलुकबाट १४ हजार २ सय ३० पर्यटक नेपाल आएकोमा यस अपि्रलमा १५ हजार ७ सय ८ पर्यटक नेपाल आएका छन् ।
एशियन मुलुकबाट अघिल्लो अपि्रलमा ११ हजार १२ जना पर्यटक नेपाल आएकोमा यस अपि्रलमा १४ हजार ३ सय ९४ पर्यटक आएका छन् । जुन संख्या अघिल्लो वर्षको तुलनामा ३०.७१ प्रतिशतले बढी हो ।
युरोपबाट यस महिना नेपाल आउने पर्यटकको संख्या ३०.२२ प्रतिशतले बढेको छ । गत अपि्रलमा १६ हजार ५ सय २६ पर्यटक युरोपबाट नेपाल आएकोमा यस अप्रिलमा २१ हजार ५ सय २० पर्यटक आएका छन् ।
ओसियन मुलुकबाट नेपाल आउने पर्यटकको संख्या पनि ३१.८६ प्रतिशतले बढेको छ । यहाँबाट ३ हजार ३ सय ८१ पर्यटक नेपाल आएका छन् । अघिल्लो अप्रिलयमा अशियन मुलुकबाट २ हजार ५ सय ६४ पर्यटक नेपाल आएका थिए ।
अमेरिकन मुलुकबाट गत अप्रिलमा ४ हजार ९ सय ४३ पर्यटक आएकामा यस अपि्रलमा ६ हजार १ सय ५१ पर्यटक आएका छन् । जुन संख्या २४.४४ प्रतिशतले बढी हो । अन्य मुलुकबाट यस अपि्रलमा ४१ प्रतिशत बढी ६ हजार ८ सय ६४ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।
मे महिनामा कहाँबाट कति ?
यस महिना सार्क मुलुकबाट नेपाल आउने पर्यटक भने २.९८ प्रतिशतले घटेका छन् । भारतबाट आउने पर्यटकको संख्यामा ७.०४ प्रतिशतले गिरावट आएपछि अन्य सार्क मुलुकबाट आउने पर्यटको संख्या बढेपनि समग्रमा घटेको देखिएको हो । सार्क मुलुकबाट यस अपि्रलमा २१ हजार २ सय २४ जना पर्यटक नेपाल आएका थिए । जबकी अघिल्लो वर्षको अपि्रलमा २१ हजार ८ सय ७६ पर्यटक नेपाल आएका थिए ।
अन्य एशियन मुलुकबाट आउने पर्यटक ७५.७५ प्रतिशतले बढेका छन् । यस महिना यी मुलकबाट ९ हजार ४ सय ३२ पर्यटक नेपाल भित्रिए ।
यूरोपबाट नेपाल आउने पर्यटकको संख्यामा झिनो ४.६८ प्रतिशतले वृद्धि भएको छ । गत अपि्रलमा यूरोपियन मुलुकबाट ७ हजार ५ सय १८ पर्यटक नेपाल आएकोमा यस अपि्रलमा ७ हजार ८ सय ७० पर्यटक नेपाल आएका छन् ।
ओसियन र अमेरिकन मुलुकबाट आउने पर्यटकको संख्या क्रमशः ३५.८४ प्रतिशत र ३०.८८ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट आउने पर्यटको संख्या पनि ९५.५१ प्रतिशतले बढेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया 4