Comments Add Comment

सुदूरपश्चिमकै बढी लगानीमा रुबस होटल

Rubus-Hotel,-Dhangadhi

नविन अर्याल/भरतबन्धु थापा

११ असार, काठमाडौं । पछिल्लो समय मोफसलमा पनि होटलहरूमा ठूलो लगानी हुन थालेको छ । क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मोफसलमा पर्यटकस्तरीय होटलहरू थपिदै गएका छन् । मुलक शान्तिको बाटोमा अघि बढेसँगै लगानीकर्ताहरू हाेटल व्यवसायमा उत्साहित भएका हुन् । हाेटल नभएका ठाउँमा धमाधम सुविधा सम्पन्न नयाँ हाेटलहरू खुलिरहेका छन् भने हाेटल भएकाहरूले पनि क्षमता तथा सेवा-सुविधाहरू विस्तार गर्ने क्रम तिब्र गतिमा भइरहेकाे देखिन्छ ।

बीस करोड रुपैयाँको लगानीमा कैलालीको धनगढीमा सञ्चालित रुबस होटलले सेवा-सुविधा तथा क्षमता विस्तारका लागि ६ करोड रुपैयाँ लगानी थप्ने भएको छ । लगानी थप गरेसँगै यो होटल शुदुरपश्चिमाञ्चलकै बढी लगानीमा होटल हुने सञ्चालक प्रकाश भट्टले अनलाईनखबरलाई बताए ।

होटलले ६ करोड रुपैयाँ लगानी थप गरेर ४८ वटा रुम र एउटा स्वीमिङ पुल बनाउन लागेको हो । ३२ वटा रुमहरु भएको रुबस होटलमा अब एसी र ननएसी गरि ८० वटा रुमहरु हुनेछन् भने अन्य सेवा-सुविधाहरु समेत थपिने भएका छन् ।

करिव तीन वर्ष अगाडी प्रकाश भट्ट, निर्मल देव भट्ट, भीम बहादुर साउँद र जनकराज अवस्थीले होटल सञ्चालनमा ल्याएका थिए । ‘पर्यटकका संख्या बढेर हामीले होटलको क्षमता र सुविधा विस्तार गर्न लागेका होइनौंं’ होटलका सञ्चालक प्रकाश भट्टले भने- ‘होटलको क्षमता र सेवा-सुविधाहरु बढाएपछि पर्यटकहरु स्वतः बढ्छन भने हाम्रो बुझाई हो ।’

होटलमा नयाा रुमहरुका लागि पााच तलाको छुट्टै भवन निर्माण गरिएको छ । अहिले ३२ वटा रुमहरु भएको भवन पनि पाँच तालाकै रहेको सञ्चालक भट्टले जानकारी दिए । सबै वर्गका पर्यटकहरुलाई समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको होटलमा १६ वटा रुमहरु ननएसी हुनेछन भने बााकी सबै एसीरुम हुनेछन् ।

Rubas-Hotel-Seminar-Hall

सञ्चालक भट्टका अनुसार ननएसी रुमहरुको रेट ८ सय रुपैयाँबाट सुरु हुन्छ भने एसी रुमहरुको रेट १२ सय रुपैयाँबाट सुरु हुन्छ । सबै रुमहरु सञ्चालनमा आएपछि रुबस होटलमा २ सय जना पर्यटक एकैसाथ बस्न सक्नेछन् । एक विगाहा क्षेत्रफलमा फैलिएको होटलमा अहिले ६५ जनाले रोजगारी पाएका छन् ।

 मुलुकमा पर्यटकहरुको आगमन उत्साहजनक नभएपनि पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी भने बढ्दै गइरहेको छ । कैलालीमा सञ्चालित होटलहरुका मूख्य ग्राहक भनेकै भारतीय र नेपाली पर्यटक हुन् । ‘विदेशी पर्यटकहरु यहाा छिटपुट मात्र आउने गरेका छन्’ भट्टले भने- ‘हाम्रा मूख्य ग्राहक भनेकै भारतीय र नेपाली नै हुन् ।’

रुबस होटलले नयाा संरचना एक वर्षभित्रमा सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको छ । सञ्चालक भट्टका अनुसार आउने गर्मीमा स्वीमिङ पुल सञ्चालनमा आइसक्ने छ । सबै संरचना सञ्चालनमा आइसकेपछि होटलमा ४० देखि १५० जनासम्म अटाउने तीन वटा सभाहल हुनेछन् ।

‘होटलमा खासगरी एनजिओ आईएनजीओका कार्यक्रमहरु बढी सञ्चालन हुने भएकालो तीनवटा अत्याधुनिक सभा हलहरु बनाएका हौं’ उनले भने- ‘हाम्रा ग्राहक पनि एनजिओ आइएनजीओका कर्मचारी हुन्, उनीहरुलाई आकर्षण गर्न हामीले विशेष ध्यान दिएका छौं ।’

पछिल्लो समय मध्य तथा सुदूरपश्चिममा एनजिओ तथा आईएनजिओहरु बढी पुगेका छन् । उनीहरुले आफ्ना कार्यक्रमहरु होटलमा गर्ने भएकाले पनि होटलहरुले प्रयाप्त मान्छे अटाउने कन्फ्रेन्स हलहरु निर्माणमा ध्यान दिन थालेका छन् ।

Rubas-Hotel-Bedroom

विवाह, ब्रतबन्ध देखि अन्य ग्यादरिङका कार्यक्रम समेत होटलमा हुन थालेको भट्ट बताउाछन् । ‘विहे तथा ब्रतबन्धका पार्टीहरुले पनि हाम्रो होटल धानिरहेको छ, भट्ट भने- ‘खासगरि मारवाडी समुदायका पार्टीहरु होटलमा हुन थालेका छन् ।’

होटलले भारतको उत्तराखण्डमा गएर मार्केटिङ गरेर भारतीय पर्यटक भित्राउने लक्ष्य राखेको छ । भारतको उत्तराखण्डमा ४ सय भन्दा बढी बहुराष्ट्रि कम्पनी सञ्चालनमा रहेका र त्यहाा कार्यरत कर्मचारीलाई कैलालीसम्म ल्याउन सकेमा त्यहााका होटलहरु भरिभराउ हुन्छन् ।

सुदूरपश्चिम आफैमा सुन्दर र प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । अहिले त्यहाा पर्यटकहरु नपुगेपनि भोलीका दिनमा पूर्वाधार विकास गरेर हजारौं पर्यटक त्यस क्षेत्रमा पुर्‍याउन सकिन्छ । भोलीका दिनमा हुने पर्यटकको आगमनलाई समेत ध्यानमा राखेर होटल विस्तार गरिरहेको भट्टले बताए ।

विभिन्न राष्ट्रिय स्तरका आयोजनाहरु निर्माण भइरहेको बताउादै भट्टले ति आयोजना सम्पन्न भएमा पर्यटकको संख्या स्वतः बढ्ने विश्वास व्यक्त गरे । अपर कर्णाली, पश्चिम सेतीजस्ता आयोजनाले स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढाउने उनी बताउँछन् ।

कैलालीमा पछिल्लो समय होटलहरुको संख्या समेत बढ्दै गइरहेका छन् । भट्टका अनुसार अहिले होटल व्यवसायी संघ कैलालीमा ६ सय भन्दा बढी साना ठूला होटलहरु दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment