Comments Add Comment

वक्षस्थलमा विस्फोट भएपछि….

वक्षस्थलमा विस्फोट । कहिल्यै सुन्नुभएको छ ? सायद छैन होला । आत्मघाती बम हमलाकारीले वक्षस्थलमा बम लुकाएको भए मात्रै, नत्र त्यो स्थानमा कुनै विस्फोट हुने कुरै भएन ।

Kim-Brockhurstतर बेलायतमा भने एक ५१ वर्षे महिलाको वक्षस्थलमा विस्फोट भएको छ । किम ब्रकहस्ट नामकी ती महिला कुनै आत्मघाती हमलाकारी थिइनन् ।

उनको स्तन प्रत्यारोपण नै विस्फोटको कारक बन्यो । समाचार अनुसार इंग्लायण्डको साउथ वेल्समा बस्ने किमले झण्डै साढे ६ लाख रुपैयाँ बराबर खर्च गरेर स्तन प्रत्यारोपण गराइन् । प्रत्यारोपणबाट उनको

वक्षस्थल सेक्सी त भयो तर यसले उनलाई ठूलो समस्यामा पार्यो । स्तनमा भरिएको सिलिकनका कारण एकदिन उनको वक्षस्थलमा सामान्य विस्फोटन भयो ।

हुनत त्यो कुनै बम विस्फोटन जस्तो भयानक होइन । प्रत्यारोपण पछि पनि विस्तारै स्तनमा ढिलापन आउन थालेपछि, स्तनमा लगाएको प्याड फाटेर भित्र भरेको सिलिकन लिक हुन थालेपछि उनी चिन्तित भइन् ।

एकदिन उनले स्तन रगड्न लागिन् । त्यस क्रममा उनको बायाा स्तन विस्फोट भएको शैलीमा फाट्यो । यसरी स्तन फाटेपछि अब उनले फेरि सर्जरी गराउनुपर्ने थियो र त्यसका लागि पहिलेकै जति मोटो रकम चाहिन्थ्यो जुन उनको बुतामा थिएन ।

तर संयोग, उनको यो कहानी एक टेलिभिजनले थाहा पायो र उनकै बारेमा रियालिटी शे बनाउने निर्णय गर्यो । रियालिटी शो बाटै आफ्नो विस्फोट भएको वक्षस्थलको उपचार खर्च जुटाउने मनसायले किम पनि तयार भइन् ।

अब तिनै किमको बारेमा बेलायतको एक टिभीले रियालिटी शो बनाउँदैछ । त्यसमा ब्रेष्ट सर्जरी गर्नुभन्दा अगाडि सचेतना अपनाउन महिलाहरुलाई चेतना दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment