Comments Add Comment

पाँच वर्षमा दोब्बर भयो उद्योगपतिहरुको खर्च

पुष्प दुलाल

१३ असार काठमाडौं । पछिल्ला पाँच वर्षमा उद्योगमा काम गर्ने कर्मचारीमाथि व्यवस्एथापनले गर्ने खर्चमा दोब्बर वृद्धि भएको उद्योग सञ्चालकहरुले दाबी गरेका छन् । ०६९ मा उद्योगहरुको कूल कर्मचारी खर्च ०६४ को तुलनामा दोब्बर बढेको केन्द्रीय तथ्यांक विभागले हालै सार्वजानिक गरेको दशौँ औद्योगिक गणनामा उल्लेख छ ।

उद्योग र कर्मचारीको संख्यामा भएको वृद्धिले पनि समग्र औद्योगिक क्षेत्रले कर्मचारीका लागि खर्च गरेकोे रकम बढाउन मद्दत गरेको छ । यद्यपि उद्योग Workerrर कर्मचारीको वृद्धिको तुलनामा तलबको वृद्धि निकै उच्च छ ।

तथ्यांकमा कर्मचारीका लागि उद्योगहरुले पाँच वर्षको अवधिमा दोब्बर खर्च गरेको देखिए पनि यस अवधिमा वास्तविक तलब तथा ज्याला भने ६५ प्रतिशतले मात्रै वृद्धि भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले अनलाइनखबरलाई बताए ।

‘पाँच वर्षको अवधिमा ३०/३० प्रतिशतका दरले दुई पटक तलब बढाइएको छ’ उनले भने -‘कूलमा यो ६५ प्रतिशत हो । बाँकी तलब वृद्धि कर्मचारी संख्या बढेका कारण बढी देखिएको हो ।’

विभागका अनुसार ०६९ सालमा देशभित्र सञ्चालनमा रहेका ४ हजार ७६ उद्योगहरुले २ लाख ४ हजार ३ सय ६० कर्मचारीका लागि तलब भत्ता तथा सेवा सुविधामा १६ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । पाँच वर्षअघि अर्थात ०६४ सालमा सञ्चालित ३ हजार ४ सय ४६ उद्योगहरुले १ लाख ७७ हजार ५ सय ५० कर्मचारीको तलब तथा भत्तामा ८ अर्ब ४ करोड रुपैयाँ खर्च गरेका थिए ।

समीक्षा वर्षभन्दा २० वर्षअघि ०४९ सालमा ४ हजार २ सय ७१ उद्योगहरुले २ लाख २३ हजार ४ सय ६३ कादारहरुलाई ३ अर्ब ३४ करोड ८४ लाख रुपैयाँ तलब भत्ता वितरण गर्दथे ।  विभागले १० वा सोभन्दा बढी कामदार रहेका उद्योगहरुको तथ्यांक तयार गरेको हो ।

त्यसो त दक्ष कामदारको अभाव हुन थालेपछि क्षमता भएका कामदारहरुको खर्चमा वृद्धि गरिएको मुरारकाले बताए । ‘क्षमता भएका कर्मचारीहरुको तलब डेढ सय प्रतिशतसम्म पनि बढाइएको छ’ उनले भने । पछिल्लो समयमा बैदेशिक रोजगारीमा जाने क्रम बढेपछि देशभित्र दक्ष जनशक्तिको अभाव भएको मुरारकाको भनाइ छ ।

एमाओवादी सशस्त्र द्वन्द्वका कारण देशको औद्योगिक अवस्था खस्किएको तथ्यांकले देखाएको छ । ‘द्वन्द्व भएपछि नयाँ उद्योग त खुलेनन् खुलेनन्, चलिरहेका उद्योग पनि बन्द भए’ मुरारकाले भने- जसका कारण रोजगारी र उत्पादनमा समेत व्यापक गिरावट आयो ।

उद्योगहरुको संख्या र उद्योगमा काम गर्ने कर्मचारीहरुको संख्या हालसम्म पनि ०४९ सालसम्मको अवस्थामा पुग्न नसक्नु दुखदायी भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment