+

वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि वीरगंज युनाइटेडले जित्यो

२०८२ कात्तिक  १२ गते ७:२३ २०८२ कात्तिक १२ गते ७:२३
वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि वीरगंज युनाइटेडले जित्यो

१२ कात्तिक, जनकुपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-२ सितापुरमा सम्पन्न १३औं वनदेवी माई अध्यक्ष गोल्डकप-२०८२ को उपाधि वीरगंज यूनाइटेड पर्साले जितेको छ ।

मंगलबार जनसेवी फुटबल क्लब बर्दिवाससँगको फाइनल खेल निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटबाट गरिएको खेलको निर्णयमा वीरगंज यूनाइटेड बर्दिबासलाई ३ का विरुद्ध चार गोल गरेका थिए । जसमा एक गोलले बीरगञ्ज यूनाइटेडले  जित हात पारेको हो ।

विजेता टोलीले पहिलो उपाधि एक लाख ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । पुरस्कार बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो र उपाध्यक्ष फूलकुमारी सिंहले प्रदान गरेका थिए । उपविजेता जनसेवी फुटबल क्लब बर्दिवासलाई मेडलसहित ५५ हजार रुपैयाँको चेक प्रदान गरिएकको छ ।

गाउँपालिकाको संरक्षण र बनदेवी माई युवा क्लबको आयोजनामा तिहार तथा छठ पर्वको अवसरमा कार्तिक २ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए ।

वनदेवी माई अध्यक्ष गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय