Comments Add Comment

स्मार्टवाचमा आक्रामक बन्दै गुगल, तीन कम्पनीले एकैसाथ एन्ड्रोइड स्मार्ट घडी ल्याउँदै

samsung

सामसुङले बजारमा ल्याउन लागेको एन्ड्रोइड सिस्टमयुक्त गियर लाइभ वाच ।

इन्टरनेट जायन्ट गुगलको एन्ड्रोइड  अपरेटिङ सिस्टमबाट चल्ने स्मार्ट घडीको प्रि अर्डर खुल्ला भएको छ । एलजी को जी वाच तथा सामसुङको गियर लाइभ लामका दुइ स्मार्ट घडी अब उपभोक्ताले अर्डर गर्न सक्नेछन् । दुबै घडीको चौकुने स्त्रिmन छ र यी घडी एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त पहिलो घडी हुन् ।

यद्यपि मोटोरोलाको मोटो ३६० भने आउँदो गृष्मयामको अन्त्यतिरमात्र बजारमा आउने गुगलको भनाइ छ ।

विश्लेषकहरुले गुगलको यो एकिकृत प्रयासले स्मार्ट घडीको विक्रि बढाउने अनुमान गरेका छन् । तथापि स्मार्ट घडीको प्राथमिकता के हो ? यो फोन हो वा अन्य ग्याजेट त्यो छुट्टाउन गाह्रो हुने टिप्पणी आलोचकहरुको छ ।

एल जी का अनुसार जी वाच नामक स्मार्ट घडी २२८ डलरमा उपलब्ध हुनेछ र सुरुमा यो अमेरिका, बेलायत, जर्मनी तथा जापान लगायतका १२ देशमा एकैसाथ बजारमा आउनेछ । सामसुङको गिएर लाइभ स्मार्टघडीको मूल्य भने २ सय डलर हुने बताइएको छ ।

दुबै स्मार्टघडी जुलाई ७ देखि बजारमा आउने अपेक्षा गरिएको छ । गुगलको एन्ड्रोइड विभाग प्रमुख डेभिड सिंगलेटनले स्मार्टवाचको प्राथमिक

उद्देश्य यसका प्रयोगकर्तालाई समयमै उपयुक्त जानकारी प्रदान गर्ने, महत्वपूर्ण सन्देश छुट्न नदिने सुनिश्चितता प्रदान गर्ने तथा आफ्ना मान्छेसँग सधै सम्पर्कलाई दिगो गराउने रहेको बताए ।

यसका लागि स्मार्टवाचमा विशेष प्रविधि जडान गरिएको छ । जब प्रयोगकर्ताको मोबाइलमा कुनै सन्देश आउँछ तब नाडीमा बाँधेको स्मार्ट घडीमा कम्पन हुन्छ ।  यस्तो सन्देश मुताविक काम गर्नका लागि स्मार्टघडीमा समय सेट गरिसकेपछि त्यसको सूचना स्मार्टफोनमा संचित हुन्छ ।

प्रयोगकर्ताले स्मार्टफोनमा आएको फोन कल घडीबाटै रिजेक्ट गर्न सक्छन् । साथै स्मार्टघडीलाई फिटनेश ट्रयाक गर्ने, भ्वाइस कमाण्ड स्विकार गर्ने, यात्राको समय किटान गर्ने तथा यात्रा योजना सुरक्षित गर्ने लगायतका काममा पनि उपयोग गर्न सकिन्छ ।

बजारमा अहिलेसम्म आएका स्मार्टवाट चर्चा अनुरुप प्रयोगकर्ताले रुचाएर स्मार्ट बन्न सकेका भने छैनन् किनकी यिनीहरुमा आफ्नै एप्सको अभाव खटि्कने गरेको छ । तर अब एन्ड्रोइडको मोबाइल भर्सनयुक्त स्मार्टवाच उत्पादन हुने भएपछि त्यसले स्मार्टवाचप्रति प्रयोगकर्ताको रुची बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment