Comments Add Comment

काठमाडौंको लगनमा घर भत्किँदा चारको मृत्यु, ५ घाइते

lagan-house-accident-2

१४ असार, काठमाडौं । काठमाडौंको लगनमा घर भत्किएर पुरिँदा चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा घर भत्काउने ठक्का लिएका पोतबहादुर पाण्डे, मजदुरहरु नुवाकोटका गणेश विक, धादिङ वैरेनीका विष्णु भण्डारी र खोटाङ धारापानीका भूपाल मगर रहेका छन् ।

प्रहरीका अनुसार पुरानो घर भत्काउने काम गरिहेका मजदुरहरु खाना खाने क्रममा पुगिएका हुन् । चार तले घर माथिबाट उत्काउन थालिएको थियो । भत्काइएको घरका इटा,माटो लगायतको भार दलिनले धान्न नसकेपछि भाँचिएको पाइएको छ ।

घरको भत्नावषेशले परिएका पाँच जनालाई उद्धार गरी वीर अस्पतालमा पुर्‍याइएको छ । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ ।

lagan-house-accident

lagan-house-accident-1

lagan-house-accident-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment