Comments Add Comment

गभर्नरले भने- कृषिमा युवाहरुको मोह घट्दै जानु अनिष्ठकाे संकेत

Ubaraj-Khatiwoda
१५ असार झापा । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले यूवाहरुको कृषिप्रतिको मोह घट्दै जानु, रोजगारीका लागि विदेश पलायन हुनु, यसै कारण मुलुकमा गम्भिर आर्थिक समस्याहरु उत्पन्न हुँदै जानुले अनिष्ठको संकेत देखाएको बताएका छन ।

अनुसरण कार्यक्रमबाट प्रवर्द्धन भएका साना किसान कृषि सहकारी संस्थाहरु क्रमशः सतासीधाम र लखनपुरको व्यवस्थापन स्थानीय साना किसानहरुलाई हस्तान्तरण गर्दैर् गतिवडाले उक्त कुरा बताएका हुन् ।

‘गाउँमा कृषिलाई उन्नत र क्रियाशिल बनाउन सहकारी उपयुक्त माध्यम हुन सक्ने ठानी म यस्ता कार्यक्रमहरुमा सहभागि भएको हुँ’ आफु बैंकको शाखा उद्घाटनभन्दा साना किसान सहकारीको कार्यक्रममा उपस्थित हुनुको कारण प्रष्ट पारे । । सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरण सँगसँगै जाने कुरा भएकोले महिलाहरुको समविकासबाट मात्र विकासको शुरुवात हुन सक्ने उनको भनाई थियो ।

महिलाहरुलाई आर्थिकरुपले सवल बनाउन मैले साना किसान विकास बैंकलाई सल्लाह दिएको छु । लघुकर्जा र साना किसान विकास बैंकले सञ्चालन गरेको कार्यक्रमले महिलाहरुलाई आर्थिक रुपमा सवल र आर्थिक निर्णयमा पहुँच बढाउन सहयोग पुर्याएको छ’ उनले भने ।  सहकारी संस्थाले कृषि प्रविधिको विकास र व्यावसायिकरणमा आफ्नो क्षमता प्रदर्शन गर्नु पर्नेमा खडिवडाले जोड दिए ।

साना किसान विकास बैंकका कार्यकारी अधिकृत जलन कुमार शर्माले बैंकको प्राविधिक र वित्तीय सहयोगमा छिमेकी गाविसमा रहेका साना किसान सहकारी संस्थाहरुबाट प्रवर्धन गरिएका यी साना किसान सहकारी संस्थाहरु समेत साना किसान सहकारी संस्थाहरुको संख्या ३ सय ६५ पुगेको बताए । साना किसान सहकारी संस्थाको क्षमता विकास, अनुगमन र कर्जापुँजी उपलब्ध गराउन बैंकले सहयोग गर्ने जलनले प्रतिवद्धता व्यक्त गरे ।

बैंकका अध्यक्ष खेमबहादुर पाठकले साना किसान सहकारीमार्फत विपन्न तथा साना किसानहरुले पुँजी, सीप, प्रविधि र बजार सम्म सहज पहुँच पुगी उनीहरुको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने कुरा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment