Comments Add Comment

चितवन समाज युएईको दोस्रो अधिवेशन शुक्रबार हुने

निमकान्त पाण्डे

 अवुधावी । चितवन समाज युएईको दोश्रो अधिबेसन जुलाई ४ तारिखमा हुने भएको छ । अधिवेशन शुक्रवार दिउँसो ४ बजे देखि बरदुबईको सिन्धी पन्जाब रेस्टुरेन्टमा हुनेछ।

 बैदेशिक रोजगारीका सिलसिलामा युएईमा छरिएर रहेका चितवनबासीहरुले आपसी भाईचारा बढाउँदै सहयोग आदान प्रदान गर्ने मुख्य उदेश्यका साथ यस समाजको स्थापना गरेका थिए । २ बर्ष कार्यकालका लागि गरिने यस भेलाले कार्यसमिति चयन गर्ने छ।

 प्रबासको ठाउँमा चितवनको गौरब बोकेको यस समाजले युएईमा कार्यरत चितवनबासी दाजुभाइ तथा दिदी बहिनिहरुलार्इ उपस्थितका लागि हार्दिक अनुरोध गरेको छ ।

आउँदो शुक्रबारका दिन नयाँ नेतृत्व चयन गरिने हुँदा समाजको ईच्छुक सदस्य कार्ययोजना सहित अगाडि आई समाजलाई गति दिन सकिने ब्यबस्था रहेको समाजका पुर्ब अध्यक्ष अरुण सुबेदीले जानकारी गराउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment