+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उद्योगमैत्री ऐनको खाँचो

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १५ गते १०:४०

 १५ असार जनकपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले औद्योगिक वातावरणमैत्री ऐनको खाँचो भएको बताए ।

जनकपुर उद्योग वाणिज्य सङ्घको ४८ औं साधरणसभाको आज उद्घाटन गर्दै उहाँले १५ वर्षअघिको आयकरसम्बन्धी ऐनले जटिलता उत्पन्न गरेको पाण्डेले बताए । अध्यक्ष उनले विद्युत भार कटौती मुक्त गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सोका लागि विभिन्न पक्षसँग छलफल भइरहेको जानकारी दिए ।

 जनकपुरको ऐतिहासिक- धार्मिक पक्षलाई दृष्टिगत गरी विकास पूर्वाधारको आवश्यकता औँल्याए ।महासङ्घका केन्द्रीय सदस्य रामरतन साहले विभिन्न सरकारी ऐनले जिल्लाका सङ्घको आर्थिक सबलतालाई कमजोर बनाएको गुनासो गर्नुभयो भने पूर्वकेन्द्रीय सदस्य निर्मल चौधरीले साना व्यवसायीलाई उद्योग, व्यवसाय दर्ता गराउन लाग्ने शुल्क अधिक रहेको बताए ।

 कार्यक्रममा सङ्घका अध्यक्ष श्यामप्रसाद साह, जनकपुर नगरपालिकाका पूर्व नगरप्रमुख बजरङ्ग साह र नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष रामआशिष यादवले एसियाली विकास बैंकको सहयोगमा भइरहेको विकास निर्माणको परियोजनाले मुअब्जाको व्यवस्था गर्नुपर्ने माग गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?