+
+
Shares

हनिमुन भन्दा राजेशलाई अशिष्मासँगको रोमान्स प्यारो

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १५ गते ११:५०

rajesh-hamal-and-ashisma-nakarmi

नेपाली सिनेमाका कलाकारहरु भिडियोमा धेरै व्यस्त छन् । तर भिडियो नै नखेल्ने कलाकार पनि छन् । भिडियोमा अभिनय गर्दा ठूलो पर्दाको क्रेज घट्छ भन्नेहरुको पनि यहाँ कमी छैन । तर नेपाली सिनेमाका सुपरस्टार नायक राजेश हमाललाई भिडियोको मोहले तान्न थालेको छ । चलचित्रमा व्यस्तता घटेपछि हमालले भिडियोतर्फ आफ्नो ध्यान मोडेका हुन् ।

उनले हालै मात्र आफ्ना नजिकका निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको एक भिडियोमा अभिनय गरेका छन् । नीलम आम्बुहाङ राइको तेश्रो एल्बममा समावेश ‘बिबशताले जिउँदै मार्‍यो’ बोलको गीतमा हमाल देखिएका हुन् । उनलाई नायिका अशिष्मा नकर्मीले साथ दिएकी छिन् । भिडियोमा अभिनय गर्नका लागि नायक राजेश हमालले हनिमुन छोट्टयाएर काठमाण्डौ आएका थिए ।

शनिबार मात्र पोखराबाट पत्नी मधु भट्टराइको साथमा हमाल काठमाण्डौ आउने कार्यक्रम थियो । तर उनीहरु शुक्रबार बेलुकी नै काठमाण्डौ फर्किएका हुन् । चलचित्रको पर्दामा समेत आफ्नो लामो कपाल काट्न नमान्ने हमालले भिडियोका लागि कपाल छोट्टयाएका छन् । भिडियोमा शामकुमार केसीको छायांकन छ । हमालले मिलनको भिडियोमा अभिनय गर्न पाउँदा खुशी व्यक्त गरे ।

चलचित्रमा प्रयोग हुने उपकरण भन्दा स्तरियता भिडियोमा भेटेको हमालले प्र्रतिक्रिया दिए । यसअघि पनि नायक राजेश हमालले केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?