Comments Add Comment

‘अार्थिक सहयोगभन्दा नेपाली वस्तुहरुको बजारीकरण गरिदेउ’

Trade
१५ असार, काठमाडौं । वाणिज्य तथा आपुर्ति मन्त्री सुनिल बहादुर थापाले निर्यात घट्दै जानुका पछाडिको कारण पहिचान गर्दै तुलानात्मक लाभ भएका निर्यातयोग्य वस्तुहरुको उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल निर्यात परिषद्को १७औं वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । उनले आफु मन्त्री भईसकेपछी निर्यात क्षेत्रमा क्रियाशिल व्यवसायीहरुसँग पटक-पटक छलफल गरी आयातलाई भन्दा पनि निर्यातलाई प्राथमिकता दिन आग्रह गरेको बताए ।

विदेशी कुटनीतिज्ञयहरुसँगको भेटमा पनि नेपाललाई दाताहरुको सहयोग भन्दा पनि बजार विस्तारमा सहयोग गर्न आग्रह गरिरहेको मन्त्री थापाको दाबी थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले निकासी व्यापारको लागि उत्पादनमा जोड दिनुपर्ने बताए । ‘जबसम्म हाम्रा वस्तुहरुको उत्पादन र त्यसको गुणस्तरीयतामा वृद्धि गर्न सकिन्न तव सम्म हाम्रो प्रतिस्पर्धी क्षमतामा सुधार आउन सक्दैन’ उनले भने- ‘निर्यातजन्य वस्तुको उत्पादन लागत कम गर्न, बजार विस्तार र गुणस्तरीयता कायम राख्न राज्यले आधारभुत आवश्यकताको विकासमा जोड दिनुपर्छ ।’

अध्यक्ष पाण्डेले अहिलेको वैदेशिक व्यापार घाटा काहाली लाग्दो हिसाबबाट अगाडी बढेका कारण अर्थतन्त्र गम्भिर चुनौतीमा फसेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरी घिमिरे र परिषदका अध्यक्ष अर्जुन भट्टराई लगायत निर्यात क्षेत्रमा देखिएका समस्या र चुनौतिलाई हल गर्न राज्यले उपयुक्त ऐन कानून नितिको तर्जुमा गर्नुपर्नेमा जोडदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment