१६ असार, काठमाडौँ । गैरआवासिय नेपाली संघ (एनआरएन)ले इराकको हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुलाई छिटो भन्दा छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ ।
एनआरएनका तर्फवाट अध्यक्ष शेष घलेले सोमवार विज्ञप्ति जारी गरी इराकमा भड्केको हिंसा तथा त्यसवाट भएको मानविय क्षतिप्रति दुःख व्यक्त गर्दै हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार सरकार तथा अन्तर्राष्ट्रिय समुदायहरुसंग अपिल गरेका हुन् ।
‘हिसांवाट पीडित नेपालीहरुलाई धैर्यधारण गरी उच्च मनोवलका साथ यस विषम परिस्थितिको सामना गर्ने आत्मावल श्री परमेश्वरले प्रदान गरुन् भनी कामना गर्दछ , विज्ञप्तिमा भनिएको छ । ‘ घलेले इराकमा विकसित घटनाक्रम र त्यहाँ कार्यरत नेपालीहरुलाई सुरक्षित राख्न सकिन्छ भन्नेबारे अनुगमन गरी आवश्यक रणनीति वनाउन नेपाल सरकारलाई अनुरोध गरेका छन् ।
उद्धार कार्ययनेजनामा एनआरएन नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग हातेमालो र सहकार्य गर्न तयार रहेको समेत उनले जानकारी गराएका छन् ।
प्रतिक्रिया 4