+
+

तोलामा दुर्इ सय रूपैयाँले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १६ गते १३:२३

gold

१६ असार काठमाडौं । सोमबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुर्इ सय रूपैयाँले गिरावट अाएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार एक तोला सुन नेपाली बजारमा ५३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । केही दिनदेखि सुन तोलाको ५४ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

उता भारतीय बजारमा सुनको मूल्य सुधार हुने क्रममा रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बिहानी सत्रमा प्रतिदशग्राम सुनको मूल्य २५ भारुले घटेकोमा करिब साढे ११ बजे भने १५ भारुले मूल्य घटेको छ । प्रतिऔंस सुन २७ हजार छ सय ५७ भारुमा कारेबार भयो । नेपाली बजारमा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर आठ सय ३५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?