राष्ट्रपति कार्यलयमा आज वितरण गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विवादमा परेको छ । राष्ट्रपति डाक्टर रामवरण यादवको हातबाट वितरण गरिएको पुरस्कारमा विशेषगरी बर्ष २०६८ को अभिनेत्रीतर्फको अवार्डलाई लिएर चर्को विवाद सुरु भएको हो ।
चलचित्र ‘मसान’बाट नायिका नीता ढुंगानाले पुरस्कार पाउ“दै गर्दा यसकी अर्की नायिका केकी अधिकारी सर्वाधिक तनावमा देखिइन् । चलचित्रमा मुख्य पात्रमा नायिका अधिकारी छिन् । तर सह–अभिनेत्रीको रुपमा रहेकी नीतालाई पुरस्कार दिएपछि यसको विरोध भएको हो ।
कार्यक्रममा उपस्थित अधिकांश चलचित्रकर्मीले यस विधामा विरोध गरे । नायिका केकी अधिकारीले ‘मसान’मा आफू सह–नायिकाको रुपमा रहेको आज मात्र थाहा भएको प्रतिक्रिया दिइन् । उनले यस्तो बेलामा आफू कसरी सहेर बसेको होला भन्दै निराशा देखाइन् । यता केकीस“गै रहेका नायिका प्रियंका कार्की र ऋचा शर्माले पनि राष्ट्रिय पुरस्कार भनेर आफूहरु आएको तर यस्तो पक्षपातपूर्ण रुपमा वितरण गरेको बताए । केकीको जस्तै आक्रोश प्रियंका र ऋचाको पनि थियो ।
अवार्ड कार्यक्रम मर्यादित र शान्तपूर्ण भएपनि पुरस्कृत चलचित्रकर्मीको नाम भने असुहाउ“दो भएको धेरैको भनाई थियो । पुरस्कारलाई लिएर बजारमा विरोध सुरु भएको छ । उसो त विश्वका जुनसुकै अवार्डमा पनि विरोध नभएको देखिदैन । तर राष्ट्रप्रमुखको हातबाट दिइएको पुरस्कार सकिने वित्तिकै विवादमा परेको छ । चलचित्र विकास बोर्डले ४ बर्षलाई एकसाथ समेटेर पुरस्कार वितरण गरेको हो । यस्तै चलचित्र नृत्यकार संघले पनि पुरस्कारमा नृत्यको विधा नसमेटिएको भन्दै चाडै नै पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
प्रतिक्रिया 4