+
+

झलनाथलाई शीतलनिवासभन्दा मदननगर नै प्यारो

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १७ गते १९:३४

Jn-khanal

१७ असार, काठमाडौं । मुलुकको राष्ट्रपति र दोस्रो ठूलो दलको अध्यक्ष कुन रोज्ने ? स्वभाविकरुपमा जवाफ आउन सक्छ ‘राष्ट्रपति’ । गणतन्त्र नेपालको राष्ट्रपति हुन पाउँदा कसले पो एउटा पार्टीको अध्यक्ष रोज्ला र ?

तर, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालका लागि भने आफ्नो पद दुई दिनमात्र बाँकी रहँदा शीतलनिवास भन्दा मदननगर बल्खु नै प्यारो रहेछ ।

तपाईका नाममा सहमति भएन र अध्यक्षबाट बिदा हुनुभयो भने राष्ट्रपति हुने हो ? मंगलबार पत्रकारको प्रश्नमा एमाले अध्यक्ष खनालले भने-‘मलाई अझै पाँच वर्ष एमालेको अध्यक्ष चलाउन मन छ, त्यसपछि अध्यक्ष बन् भने पनि बन्दिँन ।’ केन्द्रीय कार्यालय बल्खुमा पत्रकारहरुसँग कुरा गर्दै खनालले अघि भने-‘अनिमात्र राष्ट्रपति हुनेतिर सोच्न सकिएला’ ।

पत्रकारको अर्को प्रश्न थियो-‘तपाईँका लागि राष्ट्रपति पद भन्दा एमालेको अध्यक्ष ठूलो कुरा हो ?’ खनालले सहजरुपमा जवाफ दिए ‘हो मेरा लागि नेकपा एमालेको अध्यक्ष हुनु राष्ट्रपतिभन्दा गौरवपूर्ण छ ।’

अध्यक्ष खनालले सहमतिको प्रयास भइरहेको भन्दै सहमति भए अब ५ वर्ष पार्टी चलाउने आफ्नो उत्कट चाहना लगातार पोखे । अध्यक्षका दुबै आकांक्षी माधव नेपाल र केपी ओलीले खनाललाई आफ्नो पक्षमा खुलाउन प्रयास गरिरहेका बेला उनले आफैं अध्यक्ष बन्ने अभिलाषा प्रकट गरेका हुन् ।

माधव नेपाल र केपी ओलीले आफू अध्यक्ष भएमा भावी राष्ट्रपतिमा खनाललाई अघि सार्ने आश्वासन दिइरहेको स्रोतहरु बताउँछन् । तर, खनालले भने आफूलाई राष्ट्रपतिभन्दा एकपटक फेरि अध्यक्षमै दोहोर्‍याउने चाहना रहेको बताएर ओली र नेपाललाई अप्ठ्यारोमा पारेका छन् ।

झलनाथको संकेत

एमाले अध्यक्ष झलनाथ खनालको एक कार्यकाल अध्यक्ष बन्ने चाहनाले पार्टीभित्र उनले ‘पावर सेयरिङ’ खोजेको स्पष्ट झल्किएको छ । विधानले दुई कार्यकाल अध्यक्ष हुन दिँदैन भन्ने तर्क अध्यक्षमा प्रत्यासीले उठाए पनि एमाले स्रोतका अनुसार महाधिवेशनबाट खनाल आफ्ना मान्छेलाई केन्द्रीय नेतृत्वमा सुनिश्चित गर्न चाहन्छन् ।

खनालका मान्छे भन्नाले सचिवमा उम्मेदवारी घोषणा गरेका भीम आचार्य, युवा नेता गोकर्ण विष्ट, खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र योगेश भट्टराईसम्म रहेका छन् । उनीहरुलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय समितिमा सुनिश्चित गराउने खनालको चाहना रहेको स्रोतको दाबी छ ।

आफ्नो समूहका नेतालाई माधव नेपाल पक्ष या ओली पक्ष जसले जिताउँछ, उतै ढल्कने खनालको रणनीति रहेको स्रोतको दाबी छ । आफू अध्यक्ष बन्छु भने पनि खनाल पछि हट्ने केपी ओली र माधव नेपाल दुबैको रहेको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?