श्रीधर पौडेल/ज्ञानेन्द्र खड्का
१९ असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवशेनको उदघाटन कार्यक्रम अप्रीय भीडन्तका वीचमा सम्पन्न भएको छ । भृकुटीमण्डको हलभित्र कार्यक्रम सञ्चालन भइरहेका बेला गेटबाहिर एमाले कार्यकर्ता र प्रहरीवीच भीडन्त हुँदा दर्जनौं कार्यकर्ता घाइते बनेका छन् ।
महाधिवेशन हलमा भाषण गर्नेक्रममा शीर्ष नेताहरुले पार्टी एकता र सहमतिको कुरा गरेका थिए । तर, बाहिरको दृश्य भने रणसंग्रामजस्तै बन्यो ।
विगतमा महाधिवशेनको उदघाटनमा निर्वाधरुपमा सहभागी हुन पाएको सम्झँदै एमाले कार्यकर्ताहरु विभिन्न ठाउँबाट गाडी चढेर महाधिवशेनस्थलमा आएका थिए । तर, महाधिवेशनको खुल्लासत्रमा समेत छानिएका पत्रकार र महाधिवशेन प्रतिनिधिलाई मात्रै प्रवेश दिइएपछि आक्रोशित कार्यकर्ताले स्वागत गेट, झण्डा र ब्यानर च्यातचुत पारेर आगजनी गरे ।
प्रहरी र प्रर्दशनकारीबीच ढंगा हानाहान भयो । भीडलाई तितरवितर पार्न प्रहरीले निर्मम लाठीचार्ज गरेको थियो । प्रहरीले उनीहरुलाई प्रदर्शनीमार्गदेखि शंकरदेव क्याम्पस र पुरानो बसपार्कसम्म धपाउने प्रयास गरेको थियो ।
आयोजकहरुले भृकुटीमण्डपमा नअटेका सहभागीलाई राष्ट्रिय सभासगृहमा प्रजेक्टरमार्फत् महाधिवशेनको लाइभ प्रसारण गर्ने प्रचार गरेका कारण केही सर्वसाधारणहरु सभागृहमा पसेका थिए । तर, त्यहाँ प्रसारणको अत्तोपत्तो नभएपछि उनीहरुको आक्रोश थपिएको थियो ।
आक्रोशित एमाले कार्यकर्ताले भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि समेत पानीको बोतलले आक्रमण गर्न भ्याए । यसवापत एमालेले खेद व्यक्तगर्दै दोषीलाई कारवाही गरिने बताएको छ ।
यो घटनामा संलग्नहरुलाई कडा कारवाही गरिने ओली पक्षका नेताहरुले जनाएका छन् । माधव नेपाल पक्षमा नेताले भने घाइते कार्यकर्ताको उपचार हुनुपर्ने माग गरेको छ ।
प्रतिक्रिया 4