+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उर्जामा विदेशी लगानीः कुन देशबाट कति ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २० गते १६:२१

२० असार, काठमाडौं । नेपालको उर्जा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ । चालु आर्थिक वर्षको एघार महिनामा ११ अर्ब १८ करोड ६६ लाख रुपैयाँ उर्जा क्षेत्रमा लगानी गर्ने प्रस्ताव आएको छ ।

Budhigandaki-hydro-2यस अवधिमा कृषि तथा बन, उर्जा, निर्माण, खनिज, सेवा र टुरिजम क्षेत्रमा गरेर कुल १९ अर्ब ४० करोड ५१ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ ।

सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ५ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ लगानी उर्जा क्षेत्रमा गर्ने गरि उद्योग विभागमा प्रस्ताव आएको छ । अर्को छिमेकी मुलुक चीनबाट ४ अर्ब २३ करोड ६० लाख रुपैयाँ उर्जा क्षेत्रमा लगानी गर्ने प्रस्ताव आएको छ ।

त्यसैगरि, कुक इजल्यान्डबाट ६६ करोड ६६ लाख रुपैयाँ, यूएसएबाट २१ करोड ६९ लाख रुपैयाँ र जापानबाट १२ करोड २५ लाख रुपैयाँको लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

अहिलेसम्म ३१ अर्ब बढीको प्रस्ताव

उद्योग विभागका अनुसार सुरुवातदेखि अहिलेसम्म १९ मुलुकबाट ३१ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ उर्जा क्षेत्रमा लगानी गर्ने प्रस्ताव आइसकेको छ । ६७ परियोजनामार्फत उक्त लगानी गर्दा ९ हजार ८ सय ८४ जनालाई रोजगारीको अवसर प्रदान गर्ने प्रतिवद्धता जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?