Comments Add Comment

मेस्सीले भने-पहिले विश्वकप ट्रफी, त्यसपछि गोल्डेन बुट

Messi-goal

अर्जेन्टिनी स्टार लिओनल मेस्सीसँग ब्राजिल-विश्वकप फुटबलमा सर्वाधिक गोलकर्ता बन्ने मौका छ । तर, मेस्सीले भने विश्वकप जितेर मात्र गोल्डेन बुट जित्न चाहन्छन् ।

विश्वकपबाट स्टार बनेका कोेलम्बियाका जेम्स रोड्रिग्वेजले ६ गोल गरेका छन् र उनको टोली क्वाटरफाइनलबाट बहिरिसकेको छ । मेस्सीले चार गोल गरेका छन् भने जर्मनीका थोमस मुलरले पनि समान चार गोल नै गरेका छन् । मेस्सीको टोली अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्याण्डको सामना गर्नेछ ।

बार्सिलोनाका फवार्ड समेत रहेका मेस्सीले भनेका छन्-‘एक खेलाडीका लागि विश्पकप जित्नु ठूलो कुरा हो । तपाईले बाल्यकालमा जे सपना देख्नु भएको छ त्यो कहिल्यै क्षिण हुँदैन ।’ उनले बार्सिलोनाका टिममेट जाभी, इनिष्टा र पिकेलाई विश्वकपको उपाधि उचाल्दा कस्तो अनुभव हुन्छ भनेर सोध्ने गरेका उनले सुनाए । उनले भनेका छन्-‘हामी त्यो सपना पूरा गर्न प्रयास गछौं ।’

अर्जेन्टिनाको विश्वकप सम्भावनाबारे मानिसहरुले के भन्छन् भन्नेतिर आफूले ध्यान नदिएको भन्दै उनले भनेका छन्-‘यदि मैले गोललाई निरन्तरता दिएँ र अर्जेन्टिना फाइनलमा पुग्यो भने त्यो नै महत्वपूर्ण हुन्छ ।’

मेस्सीले दक्षिण अमेरिकाका लागि घरेलु टोली ब्राजिलविरुद्धको फाइनल विशेष हुने बताए । फाइनल भिडन्तको कल्पना गर्दै उनले भनेका छन्-‘माराकानाको वातावरणमा फाइनल खेल्नु हरेक खेलाडीको सपना हुन्छ । तर, पहिले स्थान पक्का गर्नुपर्छ ।’ अर्जेन्टिनाको कप्तानका रुपमा सकारात्मक दबाव रहेको उनले बताए ।

विश्वकपमा कोलम्बियाका लागि जेम्स रोड्रिग्वेजले राम्रो गरेको भन्दै उनले उरुग्वेविरुद्धको गोल कलात्मक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment